बिहीबार, वैशाख २०, २०८१

कतार विश्वकपमा हुने छैनन् यी 'हेभिवेट' देश

चार–चार पटक विश्वकप उपाधि विजेता इटाली, अफ्रिका महादेशको सबैभन्दा बलियो टिम नाइजेरिया, विश्वप्रसिद्ध स्टार खेलाडी मोहमद सलाह नेतृत्वको इजिप्ट, विश्वकप पूर्वगोल्डेन बुट विजेता कोलम्बियाजस्ता फुटबल खेलका चर्चित राष्ट्रहरू विश्वकप छनोट चरणमा पराजित भएपछि यसपालिको कतार विश्वकपमा खेल्न पाउने छैनन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– कतार विश्वकप २०२२ नजिकिँदै छ। अबको दुई सातापछि कतारमा तामझामसहित फुटबलको विश्वव्यापी महाकुम्भ सुरु हुनेछ। विश्वकप फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि संसारभरिबाट ३२ देशले मात्र सहभागिता जनाउँदै छन्।

triton college

तीबाहेकका अन्य देशलाई पनि यो प्रतियोगितामा सहभागिता जनाउने रहर हुने गर्छ। तर यसमा छनोट हुन भने त्यति सहज छैन। विभिन्न छनोट चरण पार गरेर मात्रै विश्वकपमा स्थान बनाउन सकिन्छ। कुनै देश यस्ता छन्, जसलाई विश्वकपको दाबेदार टिमको रूपमा हेरिएको थियो। तर ती देश छनोटै हुन सकेनन्। यी हुन्, ती देशका टिम, जसलाई हामी यस पटक कतार  विश्वकपमा देख्न पाउने छैनौंः

इटाली
यस पटकको विश्वकप गुमाउने सबैभन्दा हेभिवेट राष्ट्र हो, इटाली। ब्राजिलपछिको सबैभन्दा धेरै चार पटक (सन् १९३४, १९३८, १९८२ र २००६) विश्वकप उपाधि जितेको टिम इटाली यस पटक प्रतियोगितामा छनोट हुन सकेन्। हुन त, इटालीले सन् २०१८ को विश्वकपमा पनि स्थान बनाउन सकेको थिएन। इटाली अहिलेको युरो कप विजेता टिमसमेत हो। उसले सन् २०२० को युरोकप उपाधि जितेको थियो। सन् २०१९ बाट अपराजित रहेको इटालीले ३५ खेलसम्म अपराजित रहँदै युरोकप जितेको थियो। तर सन् २०२१ मा युइएफए नेसनल लिगमा स्पेनसँग पराजित भएर आफ्नो अपराजित उत्रा टुंग्याएको इटालिले त्यसपछि निरन्तर खराब प्रदर्शन गर्दै  गयो। खराब प्रदर्शन गरेर विश्वकप छनोटमा समूहको शीर्ष दुईमा रहन नसकेपछि इटाली प्ले अफमा धकेलिएको थियो।

प्ले अफमा तुलनात्मक रूपमा धेरै कमजोर मानिएको टिम नर्थ म्यासेडोनियासँग अप्रत्यासित १–० गोल अन्तरले पराजित हुँदै इटालीले लगातार दोस्रो पटक विश्वकप गुमाउन पुग्यो। फिफा र्‍याङकिङको छैटौं स्थानमा रहेको इटाली टप–१० र्‍यांकमा भएर पनि विश्वकप नखेल्ने एक मात्र टिम हो। इटालिले अन्तिम पटक सन् २००६ मा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको थियो। विश्वकपमा छनोट हुन नसकेपछि मार्कोस भेराटी, सिरो इमोबिले,जोर्जिन्हो, जिन्लुगी डोनारुमाजस्ता स्टार खेलाडीलाई प्रतियोगितामा देख्न पाइने छैन।

नाइजेरिया
अफ्रिका महादेशको सबैभन्दा बलियो टिम हो, सुपर इगल्स अर्थात् नाइजेरिया। अहिलेसम्म कुनै पनि अफ्रिकी राष्ट्रले विश्वकप जित्न सकेका छैनन्। सन् २००६ पछि नाइजेरिया पहिलो पटक विश्वकपमा छनोट हुन नसकेको हो। प्ले अफमा क्यामरुनसँगको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नाइजेरियाले दोस्रो लेगमा १–१ गोलको बराबरी  खेल्यो। तर अबे गोल बेहोरेका कारण नाइजेरिया विश्वकपमा छनोट हुन सकेन।

corrent noodles
Metro Mart

फिफा र्‍याङकिङमा ३२औं स्थानमा रहेको नाइजेरिया अफ्रिका महादेशको सबैभन्दा धेरै र्‍यांक भएको तेस्रो टिम हो। सन् २००५ मा यू–२० विश्वकपमा ठूला राष्ट्रलाई पराजित गर्दै नाइजेरियाले फाइनलसम्मको यात्रा तय गरेको थियो। तर फाइनलमा लियोनल मेस्सीको टिम अर्जेन्टिनासँग २–१ गोल अन्तरले स्तब्ध भएको थियो। अप्रत्यासित रूपमा फाइनल पुगेको नाइजेरियाको टिमले अफ्रिका महादेशबाट सबैभन्दा पहिले विश्वकपको उपाधि जित्नेछ भनेर त्यतिबेलाका खेल पण्डितले भनेका थिए। नाइजेरियाले विश्वकपमा अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शन भनेको अन्तिम–१६ मा तीन पटक (१९९४, १९९८, २०१४) पुगेको थियो। भिक्टोर ओसिम्न, एडेमोला लोकमान, क्लिची इलान्चो, अहमद मुसाजस्ता नाइजेरियन स्टार खेलाडीलाई  यो विश्वकपमा देख्न नपाइने भएको छ।                                

इजिप्ट
अफ्रिकाबाट नाइजेरियासँगै विश्वकप गुमाउने अर्को सबैभन्दा बलियो राष्ट्र हो, इजिप्ट। विश्वप्रसिद्ध स्टार खेलाडी मोहमद सलाह नेतृत्वको इजिप्टले यस पटक विश्वकपमा स्थान बनाउन सकेन। इजिप्टका लागि सिजन सन् २०२१/२२ सुखद बन्न सकेन। सिजनको सुरुआतमै अफ्रिका कपको फाइनलसम्मको यात्रा तय गरेको इजिप्ट फाइनल खेलमा सेनेगलसँग पराजित हुँदै उपविजेतामा सीमित भयो।

त्यसको केही महिना नबित्दै विश्वकप छनोटको प्ले अफमा इजिप्टले फेरि एक पटक सेनेगलको सामना गर्‍यो। खेलमा विजयी हुने टिमले विश्वकपमा स्थान बनाउने थियो भने पराजित हुने टोली बाहिरिने थियो। यस पटक पनि इजिप्टसामु सेनेगल बाधक बन्यो। सेनेगलसँग पराजित भएपछि इजिप्टको यस पटकको विश्वकपमा छनोट हुने सम्भावना सकिएको थियो। फिफा र्‍याङकिङमा ३४औं स्थानमा रहेको इजिप्टले विश्कपको समूह चरण (१९३४, १९९०, २०१८) तीन पटक खेल्नु नै सबैभन्दा ठूलो उपलब्धि हो।

कोलम्बिया
दक्षिण अमेरिका महादेशमा ठूलो प्रभाव बनाएको कोलम्बियाले यस पटकको विश्वकपमा स्थान सुरक्षित गर्न सकेन। विश्वकप पूर्वगोल्डेन बुट विजेता जेम्स रोड्रिग्वेज, लुइस डियाज, जुवान क्वाडराडोजस्ता स्टार खेलाडी सम्मिलित कोलम्बियाले विश्वकपमा स्थान बनाउने अनुमान गरिएको थियो। क्षेत्रीय विश्वकप छनोटअन्तर्गत शीर्ष पाँचमा स्थान बनाउन संघर्ष गरेको कोलम्बियाले पेरुसँग पराजित हँुदै विश्वकपमा छनोट हुन सकेन। फिफा र्‍याङकिङमा १७औं स्थानमा रहेको कोलम्बियाले अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शन भनेको सन् २०१४ विश्वकपमा क्वाटर्रफाइनलको यात्रा तय गर्नु हो। 

चिली
विश्वकप गुमाउने एउटा प्रमुख टिममा पर्छ, चिली। विश्वकपमा लगातार दोस्रो पटक छनोट हुन नसकेको इटालीसँगै चिलि पनि पर्छ। सन् २०१५ र सन् २०१६ को कोपा अमेरिका च्याम्पियन चिलीले सन् २०१८ को विश्वकप पनि गुमाएको थियो। एलेक्सेस सान्चेस, अर्थुरो भिडाल, बेन ब्रेटन, इडुवार्डो भार्गासजस्ता खेलाडी सम्मिलित चिलीले अमेरिकन क्षेत्रमा सातौं स्थानमा रहँदै विश्वकप छनोट सकाएको थियो। उसले अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शन भने सन् १९६२ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु हो। त्यसबाहेक चिलीले १९९८, २०१० र २०१४ को विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको छ। 

फिफा वरीयतामा २९औं स्थानमा रहेको चिलीलाई अमेरिकी क्षेत्रको फुटबलमा प्रभावशाली टिम मानिन्छ।

स्विडेन
युरोपियन फुटबलमा ठूलो प्रभाव पारेको टिम स्विडेनले यसपालिको विश्वकपमा ठाउँ बनाउन सकेन। प्ले अफमा रोबर्ट लेवानडोस्कीको टिम पोल्यान्डसँग २–० गोल अन्तरले पराजित भएपछि स्विडेनको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको थियो। फिफा र्‍याङकिङमा १९औं स्थानमा रहेको स्विडेन युरोपमा इटालीपछि विश्वकप गुमाउने सबैभन्दा बलियो राष्ट्र हो। स्विडेन सन् १९५८ को विश्वकप उप–विजेता टिमसमेत हो। 

उसले अहिलेसम्म १२ वटा विश्वकपमा छनोट भएर खेलिसकेको छ। भिक्टोर लेन्दलोफ, इमिल फोर्वसवर्ग, डेजान कुलुभेस्की, जाल्टन इभ्राइमियोभिचजस्ता फुटबलमा चर्चा कमाएका स्विडिस खेलाडीलाई यस पटकको कतार विश्वकपमा हेर्न पाइने छैन।

प्रकाशित: Nov 08, 2022| 19:05 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।