शनिबार, कात्तिक २९, २०८२

च्याम्पियन्स लिग ड्र : दुई फाइनलिस्ट अन्तिम १६ मै भिड्दै

यूइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ। समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएका टिमले समूह उपविजेतासँग प्रतिस्पर्धा गर्ने भएका हुन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– यूइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ। समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएका टिमले समूह उपविजेतासँग प्रतिस्पर्धा गर्ने भएका हुन्। 

National life

ड्र अनुसार फ्रेन्चक्लब पिएसजीले  जर्मन च्याम्पियन क्लब वार्यन म्युनिख विरुद्ध खेल्ने भएको छ। त्यस्तै अघिल्लो संस्करणको दुई फाइनलिस्ट लिभरपुल र रियल मड्रिडले यसपटक अन्तिम १६ मै भिड्ने भएका छन्। म्यानचेस्टर सिटीले आर बी लेइपिज विरुद्ध खेल्नेछ। वेनफिकाले क्लब ब्रुगा, टोटेनहमले एसि मिलान विरुद्ध खेल्दैछ। एफ सि पोर्टोले इन्टर मिलासंग खेल्ने भएको छ। त्यस्तै चेल्सीले बोरुसिया डर्टमन्डको सामना गर्ने भएको छ। र नापोलीले फ्रान्कफटसँग खेल्ने भएको छ।

आज ड्र सार्वजनिक भए पनि प्रतियोगितामा खेलहरु भने फिफा विश्वकप सकिएपछि मात्रै सुरु हुनेछ। अन्तिम १६ मा पहिलो लेगका खेलहरु सन् २०२३ फेब्रुअरी १४–१५ र २१–२२ मा हुनेछन्। 

त्यसपछि दोस्रो लेगका खेल मार्च ७–८ र १४–१५ मा सकिनेछ। त्यस्तै क्वाटरफाइनल अप्रिलमा पहिलो लेग ११–१२ मा र दोस्रो लेग १८–१९ मा हुनेछ। सेमिफाइनल पहिलो लेगको खेल मे ९–१० र सोही महिनाको १६–१७ मा दोस्रो लेगका खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल २०२३ जुन १० मा टर्कीको स्तानबुलमा हुनेछ।

प्रकाशित: Nov 07, 2022| 17:37 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।