शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • संविधानमाथि खतरा रहेको निष्कर्षसहित घनश्याम भुसालले ल्याए प्रतिबद्वतापत्र

संविधानमाथि खतरा रहेको निष्कर्षसहित घनश्याम भुसालले ल्याए प्रतिबद्वतापत्र

सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार घनश्याम भुसालले संविधानमाथि अझै पनि आक्रमणको खतरा रहेको बताएका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

बुटवल-  सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार  घनश्याम भुसालले  संविधानमाथि अझै पनि आक्रमणको खतरा रहेको बताएका छन्। सोमबार प्रतिवद्वतापत्र सार्वजनिक गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनेको दाबी गरे।

National life

एमाले परित्याग गरी गठबन्धनबाट स्वतन्त्र उम्मेद्वार भएका भुसालले राष्ट्रियता, बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता गठबन्धनका साझा वैचारिक धरातल र सहकार्यका आधार भएको प्रतिबद्वतामा उल्लेख गरेका छन्। 

जनताको संघर्ष र बलिदानबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेज संविधानमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको भुसालको तर्क छ। रूपन्देही निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक वाम गठबन्धनले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जनालाई प्राथमिकता राख्दै काम गर्ने प्रतिबद्धता गरिएको छ। 

गौतमबुद्वको जन्मथलो लुम्बिनि र मावली देवदहलाई जोडेर राष्ट्रकै विकास गर्ने नीति लिएको समेत भुसालले बताए। बुद्वको मावली गाउँ देवदह रहेको र युनेस्कोमा पुरातात्त्विक क्षेत्रका रूपमा दर्ज गर्न पहल गरिने प्रतिबद्वतापत्रमम छ।

भुसालले रूपन्देही निर्वाचन क्षेत्र नम्वर १ लाई १० बर्षभित्रमा नयाँ पहिचानका साथ  कायापलट गर्ने गरि सासदको रूपमा आफूहरूले काम गर्ने बताए। लुम्बिनि बौद्व विश्वविद्यालयको भवन स्थापनालाई प्राथमिकतामा राखिएको छ।  देवदहलाई  विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने गठबन्धनको प्रतिबद्वता छ।

Laxmi sunrise bank
kumari

शान्ति सुरक्षा, उत्पादन, व्यापार व्यवसाय, सामाजिक सुरक्षा, जातीय-लैंगिक विभेद तथा महिला हिंसा विरुद्धको अभियान लगायतका धेरै कामहरू गर्ने जनाइएको छ। भुसालले त्रिभुज चुनाव चिन्ह लिएर मैदान उत्रेका छन्। प्रदेशतर्फ क मा कांग्रेसका विश्वनाथ यादव ख मा कांग्रेसकै अब्दुल रज्जाक उम्मेदवार छन्।

प्रकाशित: Nov 07, 2022| 16:28 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।