शनिबार, कात्तिक २९, २०८२

जगत टमाटासहित राखेपबाट तीन प्रशिक्षकको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रहेका तीन प्रशिक्षकको राखेपले बिदाइ गरेको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रहेका तीन प्रशिक्षकको राखेपले बिदाइ गरेको छ। सोमबार ह्याण्डबलका नायब वरिष्ठ प्रशिक्षक हिमाल दाहाल, क्रिकेटका नायब वरिष्ठ प्रशिक्षक जगत टमाटा र फुल कन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले बिदाइ गरेको हो।

National life

राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई टीका, खादा तथा मायाको चिनो प्रदान गरी बिदाइ गरे। कार्यक्रममा सदस्य सचिव घिसिङले भने, ‘उमेर हदका कारण मात्र प्रशिक्षकहरुको बिदाइ गरिएको हो। खेलकुदको विकास र विस्तारमा उहाँहरुको सदा आवश्यकता रहेकाले उहाँहरुको अनुभवलाई आगामी दिनमा खेलकुदको विकासमा उपयोग गर्ने छौं।’

सदस्य सचिव घिसिङले प्रशिक्षकको क्षमता र अनुभवलाई हेर्दै नवौं राष्ट्रिय खेलकुदमा महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरेको र त्यस कार्यलाई सक्षमतापूर्वक सम्पन्न गरेको बताएका छन्।

२०५० सालमा ह्याण्डबल प्रशिक्षकको भूमिकामा राखेप प्रवेश गरेका हिमाल दाहाल २०६८ सालमा नायब वरिष्ठ प्रशिक्षक, २०७० सालमा मुख्य प्रशिक्षक, २०७६ सालमा उपनिर्देशक हुँदै २०७९ भदौ १३ गते निर्देशकमा पदोन्नतिीभएका थिए। उनको अनिवार्य अवकास २०७९ असोज १७ गते भएको थियो।

यस्तै क्रिकेटका मुख्य प्रशिक्षक समेत रहेका जगत टमाटा २०७९ असोज ३० गतेबाट अनिवार्य अवकास भएका थिए। टमाटा २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा परिषद्मा नियुक्त भएका थिए। २०६३ सालमा प्रशिक्षकको भूमिकामा पदोन्नति भएका टमाटा २०६८ सालमा मुख्य प्रशिक्षकको भूमिकामा बढुवा भएका थिए।

Laxmi sunrise bank
kumari

यसैगरी अनिवार्य अवकास प्राप्त गरेका फल कन्ट्याक्टका सहायक प्रशिक्षक प्रेमनाथ श्रेष्ठले २०६५ सालमा परिषद्मा प्रवेश गर्दै २०७८ सालमा मुख्य प्रशिक्षकको भूमिका सम्हालेका थिए। उनको कात्तिक १३ गते अनिवार्य अवकास भएको थियो। अनिवार्य अवसकाश प्राप्त प्रशिक्षकहरुले आफूहरु खेलकुदबाट टाढा नहुने प्रतिवद्धता ब्यक्त गरेका छन्।

प्रकाशित: Nov 07, 2022| 16:11 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।