शुक्रबार, साउन १, २०८३

नेकपाको 'हाइकमाण्ड'मा प्रचण्डको दिल्ली ब्रिफिङ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्ली भ्रमण बारे ब्रिफिङ गर्ने भएका छन् । बुधबार दिउसो बस्ने हाइकमाण्ड बैठकमा प्रचण्डले दिल्ली भ्रमणमा भएका भेटवार्ता र छलफल भएका एजेन्डा बारे ब्रिफिङ गर्न लागेका हुन् । 

प्रचण्डको दिल्ली भ्रमणपछि विभिन्न खाले टिका टिप्पणी सार्वजनिक भइरहेका उनले त्यसका विषयमा जवाफ दिन लागेको सचिवालयका एक सदस्यले जानकारी दिए । आइतबार दिल्ली भ्रमण सकेर फर्किए लगतै उनले सोमबार प्रधानमन्त्री केपी ओलीलाई भ्रमणबारे जानकारी गराएका थिए । 

प्रचण्डले ओलीसंगको ब्रिफिङमा भ्रमण अत्यन्त सफल भएको बताउँदै सरकार र पार्टी एकता दुवैलाई यसले बल पुग्ने बताएका थिए । उनले बाहिर चर्चा भएजस्तो आफ्नो दिल्ली यात्राबाट कुनै खतरा महसुस नगर्न आग्रह गर्दै ओलीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । 

दुई नेताबीचको भेटपछि बुधबार सचिवालयको बैठक बस्न लागेको हो । दिउँसो ३ बजे बस्ने बालुवाटारमा बस्ने बैठकमा प्रचण्डको बिफ्रिङबाहेक तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकताका विषयमा पनि छलफल हुने भएको छ । नेकपाका तल्ला तहका कमिटीको एकीकरणमा सहमति नहुँदा भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।