शनिबार, कात्तिक २९, २०८२

यूईएफए च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र आज

यूईएफए च्याम्पियन्स लिगमा आज सोमबार अपराह्न अन्तिम १६ को ड्र सार्वजनिक हुँदैछ। प्रतियोगितामा अन्तिम १६ को समीकरण पूरा भएपछि आज ड्र गराउन लागिएको हो।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा आज सोमबार अपराह्न अन्तिम १६ को ड्र सार्वजनिक हुँदैछ। प्रतियोगितामा अन्तिम १६ को समीकरण पूरा भएपछि आज ड्र गराउन लागिएको हो। 

National life

समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएका टिमले समूह उपविजेतासँग प्रतपिस्पर्धा गर्नेछन्। आज ड्र सार्वजनिक भए पनि प्रतियोगितामा खेलहरु भने फिफा विश्वकप सकिएपछि मात्रै सुरु हुनेछ। अन्तिम १६ मा पहिलो लेगका खेलहरु सन् २०२३ फेब्रुअरी १४–१५ र २१–२२ मा हुनेछन्। 

त्यसपछि दोस्रो लेगका खेल मार्च ७–८ र १४–१५ मा सकिनेछ। त्यस्तै क्वाटरफाइनल अप्रिलमा पहिलो लेग ११–१२ मा र दोस्रो लेग १८–१९ मा हुनेछ। सेमिफाइनल पहिलो लेगको खेल मे ९–१० र सोही महिनाको १६–१७ मा दोस्रो लेगका खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल २०२३ जुन १० मा टर्कीको स्तानबुलमा हुनेछ।

समूह चरणमा समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएका टिम
ʽसमूह एʼ बाट नापोली, ʽसमूह बीʼ बाट एफ सि पोर्टो, ʽसमूह सीʼ बाट बायर्न म्युनिख, ʽसमूह डीʼ बाट टोटनह्याम, ʽसमूह ईʼ बाट चेल्सी, ʽसमूह एफʼ बाट साबिक विजेता रियल म्याड्रिड, ʽसमूह जीʼ बाट म्यानचेस्टर सिटी र ʽसमूह एचʼ बाट बेन्फिका।

समूह चरणमा समूह उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएका टिमहरु
लिभरपुल (समूह ए), क्लब ब्रुगा (समूह बी), इन्टर मिलान (समूह सी), ईन्ट्राक्ट फ्रान्कफर्ट (समूह डी), एसी मिलान (समूह ई), आरबी लेइपिज (समूह एफ), बोरुसिया डर्टमण्ड (समूह जी) र पीएसजी (समूह एच)

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 07, 2022| 12:46 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।