सोमबार, भदौ ३१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तीन डाक्टरले एउटै मञ्चबाट भने– डाक्टर शेखरलाई पराजित गरे पछुताउनुपर्छ

तीन डाक्टरले एउटै मञ्चबाट भने– डाक्टर शेखरलाई पराजित गरे पछुताउनुपर्छ

टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।
 |  सोमबार, कात्तिक २१, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

सोमबार, कात्तिक २१, २०७९

इटहरी– नेपाली कांग्रेसमा टिकट नपाएर पनि सबैभन्दा बढी चर्चामा रहेका ३ नेताहरू अहिले चुनावी अभियानमा छन्। अर्थविद् डाक्टर स्वर्णीम वाग्ले र डाक्टर गोविन्दराज पोखरेलले देशव्यापी अभियान तय गरेका छन्। 

triton college

शुक्रबार काठमाडौं–५ मा कांग्रेसका युवा नेता प्रदीप पौडेलको लागि मत मागेर शनिबार विश्वप्रकाश शर्माको क्षेत्र झापा–१ पुगे वाग्ले। केन्द्रीय सदस्य डा. पोखरेल र वाग्लेले एउटै मञ्चबाट शर्माको पराजय भए देशलाई नै क्षति पुग्ने तर्क गरे।

मेचीनगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा वाग्लेले कांग्रेसको घोषणापत्रबारे प्रस्ट पारे। जलवायु परिवर्तनदेखि नेपालको भूराजनीतिक प्रभावको विषयमा उनले बुझाए। भारत र चीनको उदय र पश्चिमा मुलुकको सापेक्षित गिरावटले नेपालमा पार्ने प्रभावबारे मिहीन ढंगले विश्लेषण गरे। कार्यक्रममा सहभागी युवाहरूले नेपालको अर्थतन्त्र सुधारका अवसर र सम्भावनाको विषयमा प्रश्न गरेका थिए। जलवायु परिवर्तन र आदिवासीका मुद्दाको विषयमा युवाहरूले डा. वाग्लेसँग जिज्ञासा राखेका थिए।

राजनीतिक नेतृत्व सबै कुरामा दक्ष नभए पनि विज्ञहरूसँग सल्लाह लिएर काम गर्दा धेरै फलदायी हुने डा. पोखरेलले बताए। उदार छवि भएको नेतालाई निर्वाचित गर्न सके विज्ञको सल्लाह अनुसार काम गर्ने उनले प्रस्ट पारे। मुलुकको भाग्य र भविष्यको गति निर्धारण गर्ने अन्तिम क्षेत्र भनेको राजनीति भएकाले नेताहरू इमान्दार र सक्षम हुनुपर्ने उनको भनाइ थियो। 

करिब ३ घण्टा लामो कार्यक्रमपछि वाग्ले र पोखरेल मोरङ क्षेत्र नम्बर ६ को कार्यक्रममा सहभागी हुन पुगे। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको क्षेत्रमा आयोजित कार्यक्रममा डाक्टर मिनेन्द्र रिजाल प्रमुख अतिथि थिए। नेपाली कांग्रेस सुन्दरहरैचा ७ नम्बर वडा समितिले आयोजना गरेको खुला कोणसभा कार्यक्रममा तीनै जना डाक्टरहरूले अर्का डाक्टर शेखर कोइरालालाई विजयी गराउन आग्रह गरे। 

Metro Mart
vianet

सम्बोधनका क्रममा डा. वाग्लेले कांग्रेसले घोषणापत्रमार्फत आर्थिक समुन्नतिको बाटो तय गरेको बताए। नेपाल एसियाको दोस्रो गरिब देश भए पनि नियमित सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने आधार सहित संकल्पपत्र ल्याइएको भन्दै आश्वस्त पारे। बीपी कोइरालाको समाजवादको सपना पूरा गर्ने साहस र क्षमता डाक्टर शेखर कोइरालामा देखेको बताउँदै उनले समुन्नत नेपाल बन्ने–नबन्ने मंसिर ४ ले निर्धारण गर्ने उल्लेख गरे। 

 टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।  

उडन्ते कुरा भन्दा पनि आधार सहित गर्न सकिने विषमात्र संकल्प गरिएको उनको भनाइ थियो। ‘हालसम्म नेपाल खराब कुशासनमा गाँजिएको मुलुक भएको हुनाले फड्को मार्न नसकिएको हो। शेखर कोइरालालाई विजयी गराएर एक इमान्दार र केही गरौं भन्ने हुटहुटी भएको नेतालाई संसदमा पुर्याउनु होला। यो मेरो विनम्र अनुरोध हो। डा. कोइरालाको पराजयले यस क्षेत्रको मात्र नभएर सिंगो देशलाई क्षति पुग्छ। कोइराला पराजित हुँदा पछुताउनु सिवाय हामीसँग कुनै विकल्प हुँदैन,’ उनले भने। भ्रष्टाचार न्यूनीकरण, ऐननियम सुधार, सामाजिक सुरक्षादेखि अन्तर्राष्ट्रिय मामिलामा नेपालको चासोका विषयमा उनले प्रस्ट पारे। 

डा. पोखरेलले भारत स्थिर अर्थतन्त्रको आकार बोकेर दरिलो अवस्थामा रहेको बताउँदै मंसिर ४ मा राम्रो नेतृत्व छान्न सक्दा नेपालले पनि फड्को मार्ने बताए। ‘हामीले नाति–नातिनाको भविष्य हेरेर भोट हाल्नुपर्छ। अल्पकालीन आश्वासन दिएर वा राष्ट्रवादी कुरा गरेर भन्दा अब हुने नाति पुस्ताको भविष्य हेरेर भोट हाल्नुहोला। डाक्टर शेखर कोइराला जस्तो नेता उम्मेदवारको रूपमा पाउनु नै तपाईंहरूको भाग्यको कुरा हो। उहाँ विजयी हुनुभयो भने मन्त्री मात्र हैन, प्रधानमन्त्री बन्ने क्षमता राख्नुहुन्छ,’ उनले भने। 

कांग्रेसले ल्याएको घोषणापत्रमा कुनै कुरा पनि उडन्ते नभएको उनले दाबी गरे। लोककल्याणकारी राज्य स्थापना गर्नको लागि कांग्रेसलाई मत दिन उनले आग्रह गरे। यो अर्थतन्त्रको जग कांग्रेसले बसाएको बताउँदै डा. पोखरेलले सरकारले सबैलाई जागिर दिने भन्दा पनि जागिरका अवसर सिर्जना गर्ने प्रस्ट पारे। लगानी गर्ने वातावरण बनाएर रोजगारी बढाउने र निजी क्षेत्रलाई लगानीको माहोल मिलाउन सरकार लाग्नुपर्ने उनको भनाइ छ। पार्टीको आन्तरिक झगडाका कारण गलत व्यक्तिले मत पायो भने त्यसको पाप नाति पुस्ताले सम्म बेहोर्नुपर्ने डा. पोखरेलले बताए।

डा. रिजालले भने, ‘यस क्षेत्रको समग्र विकासको लागि डाक्टर शेखर कोइरालालाई मत माग्न आएको हुँ। तपाईंहरूले शेखर कोइराला जस्तो मान्छे पाउनुहुन्न। मतदानको सानो त्रुटिका कारण धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। ५ वर्ष अगाडि भन्दा अहिले शेखर कोइराला बलियो कद भएको नेताको रूपमा चिनिनुहुन्छ। उहाँको जितले यस क्षेत्रको उचाइ बढाउँछ।’ शेखर कोइरालालाई सांसद बन्ने अवसर प्रदान गरे उनलाई देशको आवश्यकताले प्रधानमन्त्री बन्ने अवसर दिने उनले बताए। 

तीन डाक्टरले मात्र सम्बोधन गरेको कार्यक्रममा उनीहरुले डाक्टर कोइरालालाई मत मागेका थिए। चुनावी अभियानमा सक्रिय रहेका तीनै डाक्टरले टिकट नपाउँदा देशैभर कांग्रेस नेतृत्वको आलोचना भएको थियो। कांग्रेस उम्मेदवार विजयी गराउने र घोषणापत्र बुझाउने अभियानमा लागेका डा. वाग्ले र डा. पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। कांग्रेसभित्रको शुद्धिकरण अभियानमा लागेका रिजाल भने १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। 

उत्तरी मोरङमा सम्बोधनपछि तीनैजना डाक्टर कोइराला निवासमा पुगेका थिए। टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।  

प्रकाशित: Nov 07, 2022| 12:16 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।