शनिबार, मंसिर २७, २०८२

आफ्नै बसबाट खसेर मालिकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ का ४० वर्षीय विष्णु देवकोटा रहेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ का ४० वर्षीय विष्णु देवकोटा रहेका छन्। 

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा च्यापिएर सोमबार बिहान देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही बसका मालिक हुन्। प्रहरीका अनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए। ढोकाबाट खसेपछि उनी पछाडिको चक्कामा च्यापिएको प्रहरीले जानकारी दिएको छ।

घाइते देवकोटालाई स्थानीयले टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 07, 2022| 11:58 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।