शुक्रबार, मंसिर १२, २०८२

गण्डकी सरकारले फिर्ता लियो करका दर घटाउने निर्णय

गण्डकी प्रदेश सरकारले करका दर घटाउने आफ्नो निर्णय फिर्ता लिएको छ। निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेपछि सरकार पछि हटेको हो।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– गण्डकी प्रदेश सरकारले करका दर घटाउने आफ्नो निर्णय फिर्ता लिएको छ। निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेपछि सरकार पछि हटेको हो। 

National life

गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो। गत बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेपछि प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको हो।

मन्त्रिपरिषद्ले आचारसंहिता लागू हुनुपूर्व नै करको दर घटाएको भए पनि राजपत्रमा भने आचारसंहिता लागू भएपछि प्रकाशन गरेको थियो।  

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने भन्ने उल्लेख छ।

प्रकाशित: Nov 07, 2022| 11:13 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।