बुटवल– रुपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन्। देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान घरभित्र चुकुल लागेको अवस्थामा उनीहरुको शव फेला परेको हो।
वैदेशिक रोजगारीबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको र श्रीमानको पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएको इलाका प्रहरी कार्यालय देवदहले जानकारी दिएको छ। श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए।