शुक्रबार, साउन १, २०८३

कञ्चनपुरमा हात्ती आतंक, धानबाली सखाप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले मङ्गलबार राति धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका किसानको धानबाली नष्ट गरेको हो । 

मध्यरातमा खेतमा पसेको हात्तीको झुण्डले स्थानीयवासी धौलीदेवी तमौली, टेकबहादुर साउद, अजवसिंह बोहरा र दिलबहादुर बोहराको धानबाली नोक्सान गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । “हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ” उहाँले भन्नुभयो । खेत नजिकै रहेका घरमासमेत हात्तीले क्षति पु¥याएको छ । 

तीन वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ । हात्तीको झुण्डले गत वर्ष नगरपालिकाका वडा नं ७, ६, ५, ४, ३ र २ मा झण्डै २०० किसानको धान र गहुँबाली नष्ट गरेको थियो । हात्ती नियन्त्रणका लागि नगरपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।