शनिबार, कात्तिक २९, २०८२

के यो लिभरपुल लयमा फर्किएको वास्तविक संकेत हो?

आइतरबार राति टोटेनहम हट्स्परमैदानमा घरेलु टिमविरुद्ध जित निकाल्नका लागि मोहम्मद सलाहले गोल गरे। प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोलकर्ताको नाम लेखाइसकेका उनी यो सिजनमा लयमा देखिएका थिएनन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- आइतरबार राति टोटेनहम हट्स्परमैदानमा घरेलु टिमविरुद्ध जित निकाल्नका लागि मोहम्मद सलाहले गोल गरे। प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोलकर्ताको नाम लेखाइसकेका उनी यो सिजनमा लयमा देखिएका थिएनन्।

National life

तर, गएराति दुई गोल गरेपछि लिभरपुलले टोटेनहमविरुद्ध २–१ को जित निकाल्यो। यससँगै लिभरपुलले पछिल्ला चार खेलमा लगातार जित निकालेको छ। तर, प्रिमियर लिगको मात्र हिसाब गर्ने हो भने पछिल्ला दुई खेलमा जित निकालेको छ। ब्याक टु ब्याक जित निकाल्न नसकिरहेको लिभरपुलका लागि यो निकै सुन्दर कुरा हो।

लिड्सविरुद्ध खेल्नुभन्दा अघिको खेलमा नाटमफरेस्टसँगको हार निकै अप्रत्याशित लाग्थ्यो। यद्यपि पछिल्लो खेलमा इटालियन टिम नापोलीविरुद्धको जितले लिभरपुलमा फेरि जितको आशा बलियो बन्दै गएको थियो।

अब  प्रशिक्षक योर्गेन क्लोप र लिभरपुललाई चाहिएको एउटै चिज के हो भने लय कायम राख्नु। ‘वास्तविक लिभरपुल भनेको कोहिकोहि बेला उठेर जित निकाल्ने किसिमको हुनु हुँदैन,’ बीबीसीका चिफ फुटबलराइटर फिल म्याकनल्टले  लेखेका छन्, ‘उनीहरूले  लगातार उत्कृष्ट प्रदर्शन गरिरहनु पर्छ।’

लिभरपुलले यही सिजनमा लिगलिडर म्यानचेस्टर सिटीलाई पनि हराइसकेको छ। त्यो जितपछि पनि लिभरपुलले आफ्नो गियर बढाउन सक्ने अनुमान गरियो। क्लोपले गलत साबित गरिदिए। तर जहाँ मोहम्मद सलाह हुन्छन्, त्यहाँ आशा मर्दैन। यो सिजन कमजोर सुरुआत गरेका उनले पहिलो हाफमा विश्वस्तरिय प्रदर्शन गरेका छन्।

Laxmi sunrise bank
kumari

त्यो प्रदर्शनसँगै गरेका गोलले उनलाई लिभरपुलमा अलटाइमर गोल स्कोरको सातौं स्थानमा पुर्‍याएको छ। उनले गोलको संख्या १२४ पुर्‍याएका छन्।

यता यो जितपछि लिभरपुलले १९ अंक बनाएको छ। लिभरपुल अहिले आठौं स्थानमा छ। यता २६ अंक बनाएको टोटेनहम भने चौथो स्थानमा छ।

‘हाम्रो लागि अहिले अवस्था अलि गाह्रो नै छ। यो तीन अंकका लागि हाम्रा खेलाडीले धेरै यात्रा गर्नुपरेको छ,’ खेलपछि प्रशिक्षक क्लोपले भनेका छन्, ‘यो निकै कठिन खेल थियो। विषेशगरि खेलको पहिलो हाफ उत्कृष्ट लाग्यो।’

उनले लिभरपुलले तेस्रो गोल पनि गर्न सकेको भए अवस्था नै अर्के हुने संकेतको अनुमान गरेको पनि बताएका छन्। ‘तर हामीले तेस्रो गोल चाहिँ गर्न सकेनौँ। पछि टोटेनहमले पनि गोल फर्कायो, जुन उनीहरूको राम्रो खेलका कारण भएको थियो अनि हामीले फाइट जारी राख्नपर्‍यो।’

प्रकाशित: Nov 07, 2022| 07:12 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।