शनिबार, कात्तिक २९, २०८२

घरेलु टिम चेल्सीलाई हराएर शीर्षस्थानमा फर्कियो आर्सनल

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा ग्याब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनलले घरेलु टिमललाई १–० ले हराएको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबार साँझ सम्पन्न खेलमा चेल्सीलाई हराएर आर्सनल फेरि शीर्षस्थानमा फर्किएको छ। चेल्सीको स्ट्यामफर्ड ब्रिजमा ग्याब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनलले घरेलु टिमललाई १–० ले हराएको हो। यो जितसँगै ३४ अंक जोडेको आर्सनल सिटीलाई दुई अंकले पछि पार्दै शीर्षस्थानमा फर्किएको हो।

National life

दोस्रो स्थानको सिटीले समान १३ खेलबाट १० जित र दुई बराबरीसँगै ३२ अंक बनाएको छ। तेस्रो र चौथौ स्थानमा रहेका टोटेनहम र न्युकासलको क्रमश २६ र २४ अंक छ।

आज  साँझ बुकायो साकाले ६३औं मिनेटमा दिएको पासलाई ग्याब्रियलले गोलमा परिणत गरेका थिए। साकाको कर्नर बललाई चेल्सीको टिमले नियन्त्रण गर्न नसकेपछि जिससले त्यसको फाइदा उठाउँदै गोल गरे।

गोलरहित बराबरीको अवस्थामा पनि आर्सनलले अवसर बनाएको थियो। जब ग्याब्रियल मार्टिनेलीले घुमाउरो पास दिएको अवस्थामा अनमार्क रहेका जिससले डाइभिङ हेडरमार्फत् प्रयास गरे पनि बल पोस्टबाहिर गएको थियो।

आर्सनलका पूर्वकप्तान पियरे इमिरेक औबामियाङसँगै उत्रिएको चेल्सीले पनि पाहुना टिमलाई घरेलु समर्थकमाझ दबाबमा राख्न सकेन। औबामियाङले क्लियरकट अवसर बनाउन संघर्ष गरे पनि हार बेहोरेपछि चेल्सीले पछिल्ला चार खेलमा एकमात्र जित निकालेको छ।

Laxmi sunrise bank
kumari

हिजो शनिबार म्यानचेस्टर सिटीले जित निकालेपछि आर्सनलले लिगको शीर्षस्थान गुमाएको थियो। बलियो क्लब चेल्सीलाई हराएसँगै आर्सनलले अब उपाधि दोबेदारीको बलियोयात्रा कायम राखेको छ।

ऊ अहिले १४औं पटक च्याम्यिनको बाटोमा रहे पनि २००३/०४ को सिजनपछि उपाधि जित्न सकेको छैन्। सन् २०१६ पछि शीर्ष ४ मा समेत नपरेको आर्सनलले यसै सिजन टोटेनहम र लिभरपुललाई उनीहरुकै घरेलु मैदानमा हराएको थियो। यद्यपी उनीहरुले म्यानचेस्टरमा ३–१ को हार बेहोरे।

आज  लन्डनमा भएको खेलमा पनि दोस्रो मिनेटमै ग्याब्रियलको हेडरसँगै उसले उत्कृष्ट सुरुआत गरेको थियो। यसै सिजन म्याचेस्टर सिटीबाट भित्र्याएका ग्याब्रियल जिससले पछिल्ला पाँच खेलमा भने गोल गर्न सकेका छैनन्। उनले सुरुआति आठ खेलमा भने पाँच गोल गरेका थिए।

प्रकाशित: Nov 06, 2022| 20:52 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।