शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुरुष डबल्सको फाइनलमा प्रदीप र प्रणवको जोडीले ऋतिक र निशानसँग भिड्ने

पुरुष डबल्सको फाइनलमा प्रदीप र प्रणवको जोडीले ऋतिक र निशानसँग भिड्ने

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन्।

प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन्। ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१ र ६-१ ले पाखा लगाएको थियो।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाएका छन्।

यसै प्रतिस्पर्धामा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेका छन्। निरेश श्रेष्ठ र बिजयमान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सिमान्तको जोडी फाइनल पुगेका हुन्।

Laxmi sunrise bank
kumari

यू–८ गर्ल्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेकी छिन्। साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराइन्।

यू–१० ब्वाइजमा सुजन कुइकेल र युभेन मन श्रेष्ठले फाइनलमा स्थान बनाएका छन्। यू(१० गर्ल्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गरेकी छन्।

य–१२ गर्ल्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले फाइनलमा स्थान बनाए।

यू–८ ब्वाइजमा आर्यश राज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्य जंग कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन्।

यू–९ ब्वाइजमा अरित मल्ल, सुजन कुइकेल, अर्याश राज पौडेल र विश्व विशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।

यू–९ गर्ल्समा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजुले अन्तिम चारमा स्थान बनाएका छन्।

यू–१२ ब्वाइजमा असभ सम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाएका छन्।

यू–१४ ब्वाइजमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरेका छन्।

यू–१४ गर्ल्समा सुनीरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाएका छन्।

४५ वर्ष माथिको पुरुष डबल्समा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरन्जन कुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन्।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

प्रकाशित: Nov 06, 2022| 18:55 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।