बिहीबार, वैशाख २०, २०८१

टी-२० विश्वकप : भारतको जितसँगै सुपर १२ का खेल सकिए

सिड्नी रंगशालामा सम्पन्न अन्तिम खेलमा भारतले दिएको १८७ रनको लक्ष्य जिम्मवावेले पुरा गर्न नसकेसँगै सुपर १२ खेल सकिए।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- भारतले जिम्मवावेलाई ७१ रनले हराएसँगै अष्ट्रेलियामा जारी टी २० विश्वकपको दोस्रो चरण पनि सकिएको छ। सिड्नी रंगशालामा सम्पन्न अन्तिम खेलमा भारतले दिएको १८७ रनको लक्ष्य जिम्मवावेले पुरा गर्न नसकेसँगै सुपर १२ खेल सकिए। यो खेलमा जित निकालेको भारत भने समूह २ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

triton college

सेमिफाइनलमा पुगेका बाँकी तीन टिमको यसअघि नै टुंगो लागिसकेका थिए। आइतबार बिहान नै बंगलादेशविरुद्ध जित निकालेपछि पाकिस्तानले समूह २ बाटै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।

त्यस्तै, समूह १ बाट समान ७–७ अंक बनाएका न्युजिल्यान्ड, इंल्यान्ड र अष्ट्रेलियामध्ये आयोजक टिम बाहिरिएको छ। नेट रन रेटमा पछि पर्दै डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया बाहिरिएको हो। सुपर १२ सकिएपछि अष्ट्रेलियासँगै बलियो देशहरु श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंकाजस्ता देश पनि बाहिरिएका छन्। क्रिकेटको विश्वमान त्रिचमा यी टिम उत्कृष्ट मध्येमा पर्दछन्।

त्यस्तै, विश्वमा यो वर्ष जिम्वावे, न्युजिल्यान्ड, आयरल्यान्डजस्तो देशले पनि राम्रो प्रदर्शन गरे। अफगानिस्तानले भने कुनै खेलमा जित निकाल्न सकेन। उसका दुई खेल नतिजामा पुग्न नसकेपछि समान १–१ अंक बटुल्यो। र, अफगानिस्तान समूह १ को पुछारमा रह्यो।

आजको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो। जवाफमा जिम्वावे १७ ओभर दुई बलमै सम्पूर्ण विकेट गुमाएर ११७ रनमा समेटियो। २५ बलमा छ छक्का र चार चौकका साथ ६१ रन बनाएका सूर्यकुमार यादव प्लेयर अफ दि म्याच भए।

corrent noodles
Metro Mart

उनले २३ बलमा अर्धसतक पुरा गरेर सबैभन्दा छिटो अर्धसक पुरा गर्ने चौथो भारतीय खेलाडीका रुपमा आफूलाई स्थापित गरेका छन्। भारतकै खेलमा ओपनर केएल राहुलले ३५ बलमा ५१ रन बनाएका थिए। सेन विकिलयम्सले दुई विकेट गिराए।

जावाफी पारीमा जिम्वावेका रायन बर्लले २२ बलमा सबैभन्दा धेरै ३५ रन बनाएका थिए। भारतका लागि रविचन्द्र अश्विनले तीन विकेट गिराए।

प्रकाशित: Nov 06, 2022| 18:36 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।