शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : निर्मला हत्या प्रकरणको अनुसन्धान शून्यमा  

आजका अखबार : निर्मला हत्या प्रकरणको अनुसन्धान शून्यमा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले निर्मला हत्या काण्डको अनुसन्धान शून्यमा पुगेको विषयलाई मुख्य समाचार बनाएका छन् । 

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका तीनै जनालाई प्रहरीले छाडेसंगै घटनाको अनुसन्धान शून्यमा पुगेको हो । प्रहरीले मंगलबार २४ दिनअघि पक्राउ गरी घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्टलाई छाडेको छ ।

निर्मलाको योनीबाट लिइएको स्वाबको डीएनए परिक्षण आरोपी विष्टको डिएनए परीक्षणको रिपोर्टसँग मेल नखाएपछि मुद्दा चलाउने यथेश्ट प्रमाण नभेटिएको भन्दै सरकारी वकिलको राय अनुसार मंगलबार उनलाई आवश्यक परे उपस्थित हुने गरी छाडिएको हो । विष्टसँगै भदौ ७ गते पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबितालाई पनि छाडिएको छ ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले निर्मला हत्या प्रकरण नयाँ मोडमा शीर्षकमा मुख्य समाचार छापेको छ भने ४८ दिन पछि अनुसन्धान शून्यमा शीर्षकमा नयाँ पत्रिकाले प्रमुखताका साथ खबर छापेको छ । कान्तिपुर दैनिकले किशोरी हत्या प्रकरणः पक्राउ गरिएका तीनै जना छाडिए शीर्षकमा खबर प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्ट्ले निर्मला हत्यामा प्रहरी कार्य शंकास्पद शीर्षकमा खबर लेखेको छ । 

यो बाहेक आजको अन्नपूर्णले प्रदेशका सांसद्लाई केन्दै प्यारो भएको विषयलाई प्राथमिकताका साथ छापेको छ नेपालमा रेल जोड्न चीन आतुर शीर्षकमा खबर लेखेको छ ।
आजको कान्तिपुर दैनिकले चुरे फाँड्दै सडक बनाइरहेको विषयलाई प्राथमिकता साथ छापेको छ । सडक निर्माणका लागि भनेर १२ हजारभन्दा बढी रुख काटिए पनि एउटै नरोपिएको समाचारमा जनाइएको छ । 

नयाँ पत्रिकाले भने मापदण्डविपरीत खुलेको नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने तयारी भएको खबर लेखको छ । उसले तामझामका साथ प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास प्लान्टबाट ग्यास आउन छाडेको समाचार पनि महत्वका साथ छापेको छ । 

नागरिक दैनिकले भने बलात्कारको ग्राफ बढेको र सर्वोच्च अदालतमा दैनिक पेसी स्वचालित पद्धतिमा लैजान लागिएको खबरलाई पहिलो पृष्ठमा महत्वका साथ छापेको छ । 

आजको कारोबार दैनिकले सवारीसाधनमा एसेम्बल गर्नेलाई सरकारले छुट दिने शीर्षकमा मुख्य समाचार छापेको छ भने नेपाल वायुसेवा निगमले चीनमा सात सहरमा उडान गर्ने प्रक्रिया सुरु गरेको खबर लेखेको छ । दशैँलाई लक्षित गरेर सरकारले असोजको दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने खबर पनि प्रकाशित गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।