शनिबार, कात्तिक २९, २०८२

पिएम कपमा लुम्बिनी र आर्मीको दोस्रो जित, गण्डकीको पहिलो हार

आज दिउँसो मुलपानी क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले गण्डकीविरुद्ध ६९ रनको जित निकालेको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- प्रधानमन्त्री (पिएम) कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आर्मी र गण्डकी प्रदेशले दोस्रो जित निकालेका छन्।

National life

आज दिउँसो मुलपानी क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले गण्डकीविरुद्ध ६९ रनको जित निकालेको हो। टस हारेर पहिले ब्याट सम्हालेको आर्मीले ४७.४ ओभरमा १६५ रन बनाएको थियो।

जवाफमा गण्डकी प्रदेश ३३ ओभर दुई बलमा सबै विकेट गुमाएर ९६ रनमा समेटिएको हो। आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रन बनाएका थिए। त्यसक्रममा विपिन खत्रीले चार विकेट गिराए। जवाफमा कमजोर ब्याटिङ गरेको गण्डकीका समिर कँडेलले भने ३९ रन बनाएका थिए।

आजको खेलमा सुसन भारीले सर्वाधिक पाँच विकेट लिएका थिए। ९ ओभर सम्हालेका उनले दुई मेडन राख्दै १४ रन दिएर पाँच विकेट गिराएका हुन्।

कीर्तिपुर मैदानमा भएको खेलमा चाहिँ प्रदेश १ लाई लुम्बिनीले ३९ रनले हराएको छ। टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभर खेल्दै आठ विकेट गुमाएर २९० रन बनाएको थियो।

Laxmi sunrise bank
kumari

जवाफमा प्रदेश १ ले चार ओभर बाँकी नै रहँदा सबै विकेट गुमाएर २५१ रन बनाएको थियो। लुम्बिनीका कप्तान देव खनालले ८९ रन बनाएको खेलमा आशात तिपत्रि अर्धसतक बनाउनबाट पाँच रनले मात्र चुके।

लुम्बिनीविरुद्ध दिपक जोशीले चार विकेट लिएका थिए। दोस्रो पारीमा ५२ रनको अर्धसतकिय पारी खेलेका अंकित सुवेदी रनआउट भए। कप्तान सिद्धान्त लोहनीले ६० बलमा ७४ रन बनाए पनि जितका लागि पर्याप्त रहेन। उनी बसिर अहमदको हातबाट आउट हुन पुगे।

लुम्बिनीका लागि दुर्गेस गुप्ता, बसिर र देवको बलिङ नायक रह्यो उनीहरुले समान २–२ विकेट गिराएका थिए। यससँगै तीन खेलबाट आर्मीले चार अंक बनाएको छ भने चार खेलबाट लुम्बिनीले चार अंक बनाएको हो।

सात अंक बनाएको एपिएफ समूह एको शीर्षस्थानमा छ भने ६ अंक बनाएको पुलिस समूह बीको शीर्षस्थानमा छ। खेलमा गण्डकीको पाँच र प्रदेश १ को दुई अंक रहेको छ।

एपिएफसँग बराबरी खेलेको गण्डकीले आज पहिलो हार बेहोरेको हो। ऊ समूह ए को दोस्रो स्थानमा रहँदा आर्मी तेस्रो स्थानमा छ।

प्रकाशित: Nov 06, 2022| 17:54 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।