शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान दिवसमा राजपाको 'विरोध दिवस', राति 'ब्ल्याक आउट'

संविधान दिवसमा राजपाको 'विरोध दिवस', राति 'ब्ल्याक आउट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले तीन असोज अर्थात नेपालको संविधान जारी भएको दिनलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ। 

३ असोज २०७२ सालमा नेपालको संविधान जारी हुँदा मधेशकेन्द्रित सबै दलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनाएर ‘कालो दिन’ भनी बिरोध प्रदर्शन गरेका थिए। गत बर्ष ७ बैशाखमा एकीकृत भएर बनेको राजपाले गत बर्ष पनि ३ असोजलाई कालो दिवसको रुपमा मनाएको थियो।

राजपा अध्यक्ष मण्डलको सोमबार र मंगलबार बसेको बैठकले ३ असोजलाई बिरोध दिवसको रुपमा मनाउन दिउँसो विरोध प्रदर्शन र विरोध सभा गर्ने तथा साँझमा ७ देखि ७:१५ सम्म ‘ब्लाक आउट’गर्ने निर्णय भएको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए।

बैठकले सबै जिल्लाका अध्यक्ष मण्डलका संयोजकहरुलाई पत्र पठाउँदै जिल्लास्तरिय अन्य कार्यक्रमहरु आफै तय गर्न भनेको छ। मंगलबार भएको बैठकको निर्णय बमोजिम आन्तरिक सर्कुलर गर्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जिल्ला अध्यक्ष मण्डलसँग केन्द्रीय नेताबीच जिल्लामा बैठक गर्ने जनाएको छ।
 
संयोजक ठाकुरद्वारा जारी सर्कुलरमा जिल्ला अध्यक्ष मण्डल, जिल्लाका केन्द्रीय नेता, जिल्लास्तरिय नेता सहित बैठक गर्न, राजपा केन्द्रीय, जिल्ला र मातहतका वर्गिय संगठनको नेता र कार्यकर्ताहरुको एउटा संयुक्त एउटा बैठक गर्न निर्देशन दिइएको छ। 

‘पार्टी तथा वर्गिय संगठनको जिल्ला, संसदीय क्षेत्र, प्रदेश क्षेत्र, नगरपालिका, गाउँपालिका, वडा, गाउँ स्तरीय पार्टी कार्यकर्ता बैठक आयोजना गर्न र निर्वाचित जिल्ला समन्वय समिति, नगर, गाउँ, वार्ड स्तरका सबै प्रमुख र सदस्यसँग अन्तरक्रिया  र बैठक गर्नु’, सर्कुलेसनमा भनिएको छ, ‘नियमित र मासिक लेवी वारे छिट्टै केन्द्रबाट निर्णय हुने तथा सबै सदस्यले सदस्यता ग्रहण गर्नु पर्ने छ।’

राजपा बैठकले पहिलो महाधिवेशन प्रयोजनको लागि अभियानका रपमा संचालन हुने सदस्यता वितरण अभियानमा विगतमा राजपाको सदस्यता लिएको भए पनि पुनः रसिदबाट नविकरण गराउनु पर्ने निर्णय गरेको छ। 

राजपाले जिल्लास्तर भन्दा तलको संगठनमा अध्यक्ष मण्डलको ब्यवस्था नभएकोले गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका, उपमनपा, मनपा प्रदेससभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन स्तरिय तदर्थ संगठनहरुमा एकल अध्यक्षीय प्रणाली निर्माण गर्ने निर्णय गरेको छ। 

जपाले सबै तह र स्तरका बैठक २९ असोज भित्र गरि तिथि, स्थान र समय निर्धारण गरी केन्द्रीय कार्यालयलाई जानकारी गराउन, बैठक र बैठकमा उपस्थिति र निर्णयको प्रतिलिपि समेत केन्द्रीय कार्यालय पठाउन समेत जिल्ला समितिलाई भनेको छ। 

जिल्ला पार्टी कार्यालय नियमित रुपमा संचालन गर्न, जिल्ला अध्यक्ष मण्डलको बैठक बाहेकका जिल्ला स्तरिय सम्पूर्ण बैठकमा पार्टीका सम्वन्धित जिल्लाका सम्पूर्ण सांसद र विधायकलाई अनिवार्य रुपमा आमन्त्रण गर्न सबै जिल्लाका अध्यक्ष मण्डलका संयोजकलाई निर्देशन दिएको छ। 

एक बर्षअघि ६ मधेशकेन्द्रीत दलहरु मिलेर निर्माण भएको राजापाले नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेपछि संविधान दिवसलाई कालो दिन नभनी बिरोध मात्र प्रदर्शन गर्ने निर्णय गरेको हो। राजपा र मधेशकेन्द्रीत दलले हरेक बर्ष ३ असोजलाई संविधान दिवसलाई कालो दिवस भनी मनाउने गरेका थिए।

मधेश केन्द्रीत अर्को दल संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी नै छ भने राजपाले संघीय सरकारलाई निसर्त समर्थन गर्दै २ नम्वर प्रदेशको सरकारमा सहभागी भएको छ। नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै संविधानलाई मानेर तीन चरणको चुनावमा सहभागी भएकोले विरोध मात्र गर्ने भएको हो।

बैठकमा संघीय संसदीय समितिको क्षेत्राधिकार, अधिकार, स्वरुपको बारेमा छलफल भए पनि निष्कर्षमा पुगेको थिएन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।