आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • महत्वाकांक्षी र पुराना आयोजना राखेर ल्याए विष्णु पौडेलले प्रतिवद्धतापत्र

Siddartha premir insuranceSiddartha premir insurance

महत्वाकांक्षी र पुराना आयोजना राखेर ल्याए विष्णु पौडेलले प्रतिवद्धतापत्र

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ।
 |  आइतबार, कात्तिक २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजना र महत्वाकांक्षी आयोजनाहरु पूरा गर्ने वाचासहित चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

triton college

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आइतबार बुटवलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राष्ट्रिय गौरवका रुपमा शुरु भएका योजनाहरु पूरा भएकोमा जस लिँदै केहि महत्वाकांक्षी योजना पूरा गर्ने वाचा गरेका हुन्। निर्वाचन क्षेत्र लक्षित मात्रै नभई राष्ट्रियस्तरमा महत्व राख्ने र समग्र जिल्लालाई समेट्ने योजनाहरु प्रतिबद्धतामा राखिएकोे छ। 

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ। सिँचाइ, जलविद्युत, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने भनिएको छ। यो आयोजना आफैंमा महत्वाकांक्षी हो। त्यसैगरी संघीय सरकारले प्राथमिकतामा राखेको तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने समेत पौडेलले प्रतिबद्धता गरेका छन्। 

पौडेलले ०७४ सालको निर्वाचनमा प्रतिबद्धता गरेका विकास आयोजनाहरुलाई निरन्तरता दिएका छन्। राजमार्ग चौराहा–गोलपार्क सडक, तटबन्धसहितको तिनाउ–दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। 

पौडेलका झुम्सा खानेपानी आयोजना २०६४ देखि लगातारका चुनावी एजेन्डा हुन्। बुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल, देवदहमा बहुविषयक लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार तिनाउ, दानवका साथै कञ्चन, रोहिणी लगायतका नदी किनारमा पक्की तटबन्धलाई उपलब्धीका रुपमा उल्लेख गरिएको छ। 

Metro Mart
vianet

प्रतिवद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ। तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका पौडेलको प्रतिवद्धतापत्रमा ऐतिहासिक एवम् पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ।

यस्तै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणलाई उपलब्धीका रुपमा प्रतिबद्धतापत्रमा चर्चा गरिएको छ। भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने समेत प्रतिबद्धतामा जनाईएको छ। 

सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ। यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ।

यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ। जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ।

पौडेलले अघिल्लो निर्वाचनमा प्रतिबद्धता गरेको सुकुम्बासी समस्या समाधानका बिषयमा मौन छ। निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले आवास तथा कृषि प्रयोजनका लागि भोगचलन गरिरहेको जग्गा औद्योगिक क्षेत्रको सीमाङ्कनबाट अलग गरी उक्त औद्योगिक क्षेत्रको गुरुयोजना परिमार्जन र कार्यान्वयन गरिने प्रतिबद्धतामा उल्लेख छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा रुपन्देही क्षेत्र न. २ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रको कभरमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुटवल भैरहवा सिक्स लेन सडकको तस्विरहरु राखिएको छ। 


प्रकाशित: Nov 06, 2022| 17:09 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।