बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लाखौं रकम हिनामिना गरेको आरोपमा विराट शिक्षण अस्पतालका १० जना कर्मचारी पक्राउ

लाखौं रकम हिनामिना गरेको आरोपमा विराट शिक्षण अस्पतालका १० जना कर्मचारी पक्राउ

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा कर्मचारीहरु पक्राउ परेका छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं– मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा कर्मचारीहरु पक्राउ परेका छन्। रकम हिनामिना गरेको आरोपमा अस्पतालको बिलिङ, डिस्चार्ज र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारी पक्राउ परेका हुन्।

National life

अस्पतालले दिएको जाहेरीका आधारमा प्रहरीले सुरुमा बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेको थियो। अनुसन्धान गर्दै जाँदा अनियमिततामा अरु कर्मचारीको पनि संलग्नता रहेको पाइएपछि बाँकी आठ जना समातिएका हुन्। 

पक्राउ पर्ने अन्य कर्मचारीमा २८ वर्षीय सुनील पासवान र दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, २३ वर्षीय नरनारायण चौधरी र २३ वर्षीय वसन्तकुमार राम रहेका छन्। 

पक्राउ परेकाहरु विरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ हिनामिना भएको खुलेको छ। 

पक्राउ परेकाहरुले अर्काको युजर आइडी र पासवर्ड प्रयोग गरेर बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीबापतको रकम अनधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिई बिरामीको खाताबाट अस्वाभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको पाइएको प्रहरीले बताएको छ।

Laxmi sunrise bank

प्रकाशित: Nov 06, 2022| 16:30 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।