शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देहीलाई उदाहरणीय र अग्रणि बनाउने विष्णु पौडेलको प्रतिवद्धतापत्र

रुपन्देहीलाई उदाहरणीय र अग्रणि बनाउने विष्णु पौडेलको प्रतिवद्धतापत्र

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। उनले आइतबार बुटवलमा आयोजित कार्यक्रममा रूपन्देहीलाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउने योजनाका साथ चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्। 

National life

उनले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।  सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ। 

सार्वजनिक सेवा प्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने पौडेलले बताए। विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिइने तथा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक कानुनी, संस्थागत एवं प्रक्रियागत व्यवस्था मिलाइने उनले बताए। 

पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको दाबी गरे। गौतमबुद्ध विमानस्थल, बुटवल-बेलहिया छ लेन सडक, भुमही-परासी-भैरहवा-लुम्बिनी-तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आफ्नै पहलमा निर्माण भएको उनको दाबी थियो।

सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू सुरु तथा सम्पन्न गर्ने जिम्मेवारी आएको उनले बताए। त्यस्तै, बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको प्रतिवद्धतापत्रमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 06, 2022| 16:04 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।