शनिबार, कात्तिक २९, २०८२

एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- सशस्त्र प्रहरी (एपीएफ) क्लब पाचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

National life

टाइब्रेकरमा एपीएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए। त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरूङ तथा अजित भण्डारीले गोल गरेका थिए भने आशिष गुरुङ गोल गर्नबाट चुकेका थिए।

एपीएफका लागि नवीन लामाले खेलको २३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि खेलको ४० औँ मिनेटमा सहारा क्लबका लागि दीपेश आले मगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेल अवधिभर दुई टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

एपीएफका गोलरक्षक राजु नगरकोटी प्लेयर अफ दि म्याच चुनिए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार र ट्रफि हात पारे। कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए।

प्रकाशित: Nov 06, 2022| 15:30 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।