शनिबार, कात्तिक २९, २०८२

पाकिस्तान टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

पाकिस्तानको जितमा मोहमद रिजवानले सर्वाधिक ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपअन्तर्गत सुपर १२ को अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बंगलादेशले दिएको १२७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले  १८.१ ओभर खेल्दै  लक्ष्य पूरा गरेको हो। पाकिस्तानको जितमा मोहमद रिजवानले सर्वाधिक ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए। 

National life

त्यस्तै, कप्तान बाबर आजमले २५ रन बनाए। बलिङतर्फ बगंलादेशका लागि शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले समान १÷१ विकेट लिए।

सुरुआतमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १२६ रन बनायो। बंगलादेशका लागि ओपनर नाज्मुल हसनले ४८ बलमा सर्वाधिक ५४ रन बनाए।

त्यस्तै, अर्का ओपनर लिटन दास ८ बलमा १० रनमै आउट भए। सौम्य सरकार १७ बलमा २० रन बनाएर आउट भए। बलिङतर्फ पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ विकेट लिए। त्यस्तै, शादब खानले २ विकेट लिए। यो जितसँगै पाकिस्तानले समूह–२ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो।

५ खेल खेलेर ४ अंक मात्रै जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तानले ५ खेलमा ६ अंक जोडेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 06, 2022| 13:36 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।