शुक्रबार, साउन १, २०८३

रोहित पुनका हत्यारा पक्राउको माग गर्दै प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले रोल्‍पाका आफ्ना कार्यकर्ता रोहित पुनको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ। 

नेपाल तरुणको केन्द्रीय कार्यसमितिले देशभरका तरुणका शाखाहरुमा प्रदर्शन र ज्ञापनपत्र बुझाउन दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा हत्यारालार्इ पक्राउ र पिडित परिवारलार्इ क्षतीपुर्ती माग गर्दै ज्ञापनपत्र बुझाउनुका साथै विरोध प्रदर्शन गरेको छ। 

नेपाल तरुण दल, काठमाडौंले रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्षसमेत रहेका आफ्ना कार्यकर्ता पुनको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाइएको ज्ञापनपत्रमा हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि तरुण दलले सरकारको ध्यानाकर्षण गराएको नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह बताए। 

ज्ञापनपत्र बुझाउनुअघि घटनाको निन्दा गर्दै तरण दलका नेता, कार्यकर्ताले बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयअघि केहीबेर विरोध प्रर्दशन गरेका थिए।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै समितिका अध्यक्ष कृष्णजी खड्काले न्यायिक छानबिन आयोग गठन गरी अनुसन्धान गरेर पुनको हत्यारालाई कडा कारबाही गर्न सरकारसँग माग गरे।

रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्ष पुनको गत आइतबार गोली हानी हत्या भएको थियो।


                                                
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।