शनिबार, वैशाख १५, २०८१

कालो वर्णका महिलामा स्तन क्यान्सरको जोखिम किन धेरै?

यो आक्रामक स्तन क्यान्सर हुँदा अन्य स्तन क्यान्सरमा काम गर्ने औषधिले पनि काम गर्दैन। यो क्यान्सरको संक्रमण ४० वर्षभन्दा कम उमेरका कालो वर्णका महिलामा अधिक पाइने गरेको शोधमा जनाइएको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

बीबीसी

बीबीसी

सोमबार, कात्तिक २१, २०७९

अमेरिकाका शोधकर्ताहरुले अफ्रिकी मुलुकमा एक आक्रामक स्तन क्यान्सरको जेनेटिक जोखिमको बारेमा नयाँ तथ्प त्ता लगाएका छन्। शोधकर्ताहरुले कालो वर्णका महिला स्तन क्यान्सरको उच्च जोखिममा रहेको बत्ता लगाएका हुन्।

triton college

न्यूयोर्कस्थित ५३ वर्षीया अफ्रिकी-अमेरिकी लेवेरीयन फान्टेलेराय भन्छिन्, 'मैले कहिले पनि मलाई कुनै कुराको चिन्ता गर्नुपर्ला भनेर सोचेकी थिइनँ।' लेवरीयन स्वस्थ जीवन बाँचिरहेकी थिइन्। उनी स्वस्थ खानेकुरा खान्थिन्। उनले नियमित व्यायाम पनि गर्ने गरेकी थिइन्।

जनवरीमा उनको जन्मदिनको केही दिन पहिले उनले आफ्नो स्वास्थ्यका बारेमा जुन जानकारी पाइन्, त्यसले लेवेरीयन निकै आत्तिइन्। 'मलाई स्तन क्यान्सर भएको छ। मैले चिनेका र क्यान्सर भएका बिरामीहरू धेरै दिनसम्म नबाँचेको देखेकी थिएँ। त्यसैले म निकै आत्तिएकी थिएँ,' उनले भनिन्। यो आम समस्याको रुपमा देखिन थालेको छ र तीव्र गतिमा फैलिन्छ। स्तन क्यान्सर निको भइसकेपछि पुनः हुने जोखिम पनि उच्च हुन्छ। स्तन क्यान्सरमा यो संक्रमण निकै घातक हुन्छ।

यो आक्रामक स्तन क्यान्सर हुँदा अन्य स्तन क्यान्सरमा काम गर्ने औषधिले पनि काम गर्दैन। यो क्यान्सरको संक्रमण ४० वर्षभन्दा कम उमेरका कालो वर्णका महिलामा अधिक पाइने गरेको शोधमा जनाइएको छ।

जेएएमए एनकोलोजी जर्नलमा प्रकाशित  एक शोधका अनुसार टीएनबीसीबाट ग्रसित कालो वर्णका महिलाको मृत्यु हुने जोखिम यस संक्रमणबाट गोरो वर्णका महिलाभन्दा २८ प्रतिशत बढी हुन्छ।

corrent noodles
Metro Mart

विल कर्नेल मेडिसिनसँग सम्बद्ध डाक्टर लीजा न्यूम्यान अफ्रिकाका छुट्टाछुट्टै क्षेत्रमा रहेका महिलाको स्तन क्यान्सरका बारेमा सोध गरिरहेकी व्यक्ति हुन्। उनी स्तन क्यान्सरका बारेमा काम गरिरहेको कर्नेल मेडिसिन नामक अन्तर्राष्ट्रिय प्रोजेक्टमा आबद्ध भएर काम गर्न थालेको २० वर्ष भयो।

उनका अनुसार टीएनबीसी, घाना जस्ता अफ्रिकी महिला स्तन क्यान्सरको उच्च जोखिममा छन्। यहाँ मलेरिया जस्तो घातक भाइरससँग लड्दा त्यसको असरका कारण स्तन क्यान्सरको जोखिम बढेको हुनसक्ने उनले बताएकी छन्।

'फरक-फरक पारिवारिक पृष्ठभूमिका महिलामा ट्रिपल नेगेटिभ स्तन क्यान्सरको बारेमा शोध गरिएको थियो। केही जेनेटिक मार्कर अलग-अलग संक्रामक रोगका कारण स्तन जस्ता छुट्टाछुट्टै अंगमा सुन्निने लगायतका समस्याले असर गरेको देखियो',  डा. न्यूम्यानले भनेकी छन्।

लेवेरीनले काला महिलाहरूले स्तन क्यान्सरको परीक्षणमा सहभागी हुन आवश्यक रहेको बताएकी छन्। इंग्ल्यान्डमा काला महिलामा गोरा महिलाको तुलनामा अन्तिम चरणको स्तन क्यान्सरको जोखिम दोब्बर पाइएको शोधले देखाएको छ।

डाक्टर जार्जेट ओनी नोटिन्घममा स्तन क्यान्सर सर्जन छन्। उनी कालो वर्णका महिलाहरू स्तन क्यान्सरको परीक्षणमा सामेल नहुनु पनि जोखिम रहेको बताउँछन्। त्यसैले उनी कालो वर्णका महिलाहरूलाई स्तन क्यान्सरको परीक्षणमा सहभागी हुन आग्रह गर्छन्।

स्तन क्यान्सरको जाँच कसरी गर्ने
- आफ्नो स्तनमा क्यान्सरको जोखिम कस्तो छ भन्ने बारेमा बेला-बेला जाँच गराउनुपर्छ।

- नुहाउँदा साबुन लागेका हातले स्तन जाँच्नु सबैभन्दा उपयुक्त तरिका हो।

- स्तनमा कुनै गिर्खा छ वा छैन, नुहाउनुभन्दा पहिले ऐनामा राम्रोसँग हेर्नुपर्छ। स्तनको टुप्पोमा कुनै प्रकारको फेरबदल देखिए स्वास्थ्यकर्मीलाई देखाउनुपर्छ।

- स्तन क्यान्सरको जाँच गर्दा कोखीको पनि जाँच गर्नुपर्छ।

- महिलाको स्तनमा गिर्खा आएको हुनसक्छ। यो सामान्य कुरा हो। महिनावारीको समयमा पनि महिलाको स्तनमा गिर्खा आउने हुनसक्छ। तर, महिनावारी भइसकेपछि पनि लामो समयसम्म गिर्खा कायमै रहेमा स्वास्थ्यकर्मीलाई देखाइहाल्नुपर्छ।

- परिवारका कुनै सदस्यमा स्तन क्यान्सर भएको भए उनीहरूका सन्ततिमा पनि स्तन क्यान्सरको जोखिम बढी हुन्छ। त्यस्ता परिवारका सदस्यहरूले पनि सावधानी अपनाउनुपर्ने हुन्छ।

प्रकाशित: Nov 07, 2022| 07:43 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्