बिहीबार, वैशाख २०, २०८१

म यही जन्मिएँ, देहान्त पनि यही हुनेछ : जेरार्ड पिके

क्याम्प नोउ मैदानमा अल्मेरियाविरुद्ध बार्सिलोनाले क्लिन सिट राखेको रात डिफेन्डर जेरार्ड पिकेका लागि विशेष थियो। जीवनको ऊर्जावान् र महत्त्वपूर्ण समय बार्सिलोनालाई सुम्पिएका उनी खेल जीवनको अन्तिम दिनमा छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- क्याम्प नोउ मैदानमा अल्मेरियाविरुद्ध बार्सिलोनाले क्लिन सिट राखेको रात डिफेन्डर जेरार्ड पिकेका लागि विशेष थियो। जीवनको ऊर्जावान् र महत्त्वपूर्ण समय बार्सिलोनालाई सुम्पिएका उनी खेल जीवनको अन्तिम दिनमा छन्।

triton college

उनको अन्तिम व्यावसायिक खेल हेर्नका लागि क्याटलोनियाँकै सबैभन्दा ठूलो रंगशालामा भीड लागेको दिन बार्सिलोनाले अल्मेरियालाई २-० ले हराएको थियो। बार्सिलोनासँगका अन्तिम खेलमा जित निकालेपछि उपस्थिति समर्थकहरूले पिकेलाई उठेर सम्मान गरेका थिए। उनको सम्मानमा सबैले आफ्नो फोनको बत्ती बालेका थिए।

उनी खेलको ८४औं मिनेटमा सब्टिच्युट भएका थिए। त्यही समय उनका सबै साथीहरूको आँखामा आँसु भरिएका थिए। केही समय पिकेसँगै खेलेका अहिलेका प्रशिक्षक जाभीको आँखा पनि रसाएका थिए।

३५ वर्षे डिफेन्डरले तीन दिनअघि मात्र आफ्नो संन्यासको घोषणा गरेका थिए। उनले गएराति (शनिबार) नै घरेलु मैदानमा आफ्नो अन्तिम खेल हुने बताएका थिए।

यद्यपि उनले आउँदो मंगलबार अब उनले ओसासुनाविरुद्ध अन्तिम खेल खेल्नेछन्। त्यो खेल ओसासुनाको मैदानमा हुने भएकाले अब उनले घरेलु मैदानमा खेल्ने अवसर पाउने छैनन्।

corrent noodles
Metro Mart

त्यसैले पिकेको गएरातिको खेललाई धेरै महत्त्व दिइएको थियो। त्यो खेलमा जित निकालेपछि पिकेले मैदानमा केही कुरा बोलेका थिए। ‘म यहीँ जन्मेको थिएँ अब मेरो देहान्त पनि यहीँ हुनेछ,’ उनले सुरुमै भने।

अनि थपे, ‘जब तपाईंलाई बुढो भएँ भन्ने लाग्छ तपाईँ जसलाई प्रेम गरिरहनु भएको छ त्यसलाई त्याग्नुपर्छ। तर मैले आफूलाई सम्झाएको छु कि भविष्यमा म यहाँ फर्किनेछु।’

उनी बार्सिलोनालाई मनपराउँछन्। त्यसैले यो समय नै बिदा लिनको लागि उपयुक्त रहेको उनको ठम्याई छ। उनी भन्छन्, ‘तर यो गुडबाई चाहिँ होइन।’

खेलको कप्तानसमेत रहेका पिके पिचमा जाँदैगर्दा उनको दुई सन्तान पनि साथमै थिए। अनि उनका सबै टिममेटले उनै उनको नाम र नम्बर अंकित जर्सी लगाएका थिए। अनि फरएभर (सँधैका लागि) नाम गरिएको ब्यानर भुईँमा थियो भने रंगशालाको स्कृनहरुमा उनको खेल जीवनको वृत्तचित्र देखाइएको थियो।

खेलको सुरुमा पेनाल्टीकोबाट अग्रता बनाउने अवसर बार्सिलोनाले पाएको थियो। त्यो पेनाल्टीमा समर्थकले पिकेको नाम उच्चारण गर्दै उनलाई पनाल्टी लिनका लागि अनुरोध गरिरहेका थिए। तर फरवार्ड रोबर्ट लेवान्डोस्कीले प्रहार गरेको पेनाल्टी गोल हुन सकेन।

यद्यपि बार्सिलोनाका लागि ५३ गोल गरेका पिकेले गोलका दुई अवसर पाएका थिए। तर गोल गर्न सकेनन्। हेडरमार्फत्को पहिलो प्रयास बार माथिबाट बाहिरियो भने अर्को फरर्नान्डो मार्टिनेजसले बचाए।

खेलको चाहिँ फ्रांकी डिजोङ र ओउसमान डेम्बेलेले गोल गरेका थिए।

बार्सलोनासँग १८ महिनाको सम्झौता बाँकी रहको पिकेले आफ्नो बहिर्गमनसँगै बार्सिलोनाले ज्याला बचाउने दाबी गरेका छन्। उनले बार्सिलोनाबाट ६१६ खेल खेलेर ३० उपाधि जितेका छन्। उनी सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनी बार्सिलोनामा सबैभन्दा धेरै खेल्ने खेलाडीमध्ये पाँचौँ स्थानमा पर्छन्।

उनीभन्दा धेरै खैल्नेमा लियोनले मेस्सी, जाभी हर्नान्डेज, सर्जियो बुस्केट र आन्देस इनिस्टा रहेका छन्। तर पिकेले भन्दा धेरै उपाधि मेस्सी र इनिस्टाले मात्र जितेका छन्।

बार्सिलोनाले पनि यो सिजन उनलाई लगातार अर्को टिम रोज्नका लागि निर्देशन दिइरहेको थियो। साथै  उनी यो सिजनमा बार्सिलोनाको पाँचौँ चोइजको डिफेन्डर बनिसकेका थिए। यद्यपी उनले १० पटक भने खेलिसकेका छन्।

प्रकाशित: Nov 06, 2022| 09:41 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।