शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्‍ने छौं: प्रशिक्षक महर्जन

माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्‍ने छौं: प्रशिक्षक महर्जन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्नेमा विश्वस्त रहेको प्रशिक्षक बलगोपाल महर्जनले बताएका छन्। ‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ । समूह चरणका तीन खेलमा नेपालले सशक्त प्रदर्शन गरेको छ। टिममा दिन प्रतिदिन सुधार भैरहेको छ।’ 

प्रशिक्षक महर्जनले मंगलबार पि–म्याच सम्मेलनमा भने, ‘खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन्। वैकल्पिक खेलाडीले पनि राम्रो खेलिरहेको छ। त्यसैअनुसार खेल्न सके हामी माल्दिभ्सलाई पराजित गर्न सक्नेछौं।’ 

उनले माल्दिभ्सविरुद्धको भोलिको खेलमा नेपालले अहिलेसम्म हासिल गर्न नसकेको नतिजा आउने बताए। पछिल्ला दुई खेल बंगबन्धु र साग गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै साफ सुजुकी कप फरक प्रतियोगिता रहेपनि फेरि एकपटक पराजित गरेर फाइनल पुग्ने लक्ष्य रहेको बताए। नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४-१ को तथा १२औं दक्षिण एसियाली खेलकुदमा ४-३ को जित निकालेको थियो।
  
उनले विपक्षी टोली विगतको भन्दा केही कमजोर देखिएपनि खेल्ने शैली समान रहेका कारण सचेत हुनुपर्ने बताउदै माल्दिभ्सविरुद्ध खेलको अवस्था हेरेर रणनीति बनाउने बताए। उनले सारा नेपाली समर्थकलाई विगतमा जस्तै आजको खेलमा पनि रंगशालामै आएर समर्थन गरिदिन आग्रह गरेका छन्। 

यता नेपाली टिमका कप्तान विराज महर्जनले माल्दिभ्ससविरुद्धको सेमिफाइनल खेलका लागि नेपाली टोली तयार रहेको बताएका छन्। ‘हामी माल्दिभ्सविरुद्धको खेलमा आत्मविश्वासी भएर खेल्नेछौं। बढी आत्मविश्वासी भएर होइन। उनीहरु कमजोर प्रतिद्धन्द्धी हैन।’ 

कप्तान महर्जनले भने, ‘टिमले पछिल्ला खेलहरुमा निकै राम्रो खेलिरहेका छन्। उनीहरुमा आत्मविश्वास बढिरहेको छ। यो टिमको लागि खुशीको कुरा हो । हामी जितकै लागि खेल्नेछौं।’उनले सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेर सारा नेपालीलाई खुशी दिने पनि बताए। 

माल्दिभ्सका प्रशिक्षक पिटरले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्धन्द्धी रहेको बताउदै नेपालविरुद्ध सचेत भएर खेल्ने बताए। ‘नेपाल बलियो प्रतिद्धन्द्धी हो । उसले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ । तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्ने योजनामा हुनेछौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।