शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • गोलपछि म्यानचेस्टरका इर्लिङ हाल्यान्ड भन्छन्- जीवनको सबैभन्दा भावुक समय

गोलपछि म्यानचेस्टरका इर्लिङ हाल्यान्ड भन्छन्- जीवनको सबैभन्दा भावुक समय

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा लिगलिडर म्यानचेस्टर सिटीले जित निकालेको छ। जितका लागि गोल गरेका इर्लिङ हाल्यान्डलाई आजभोली सामान्य मानिस मानिदैन। उनी विषेश छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा लिगलिडर म्यानचेस्टर सिटीले जित निकालेको छ। जितका लागि गोल गरेका इर्लिङ हाल्यान्डलाई आजभोली सामान्य मानिस मानिदैन। उनी विषेश छन्।

National life

तर, गएरातिको खेलको इन्ज्युरी समयमा सिटीले पेनाल्टीको अवसर पाउँदा त्यसलाई गोलमा परिणत गर्न उनलाई धेरै दबाब थियो। सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा हाल्यान्डले त्यहि गोल गरेपछि पाहुना टिम फुलहामलाई सिटीले २-१ ले हराएको हो।

२२ वर्षे नर्वेजियन स्टारले बर्नान्ड लिनोको ९५औं मिनेटको गोलको रेकर्डलाई केहि मिनेटले मात्र ब्रेक गर्न चुके पनि जितका लागि आवश्यक गोल दिएपछि भने, ‘म नर्भस थिएँ। यो मेरो जीवनको सबैभन्दा भावुक समय थियो।’

खेलको २६औं मिनेटमा जुलियन अल्वारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रता पहिलो हाफमै तोडियो। फुलहामले खेलको २८औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि आन्द्रेस पियरेराले अग्रता तोडेका थिए। यससँगै निर्धारित ९० मिनेटसम्म खेल १-१ को बराबरीमा चलेको थियो।

‘अन्तिम मिनेटको पेनाल्टी?,’ प्रश्नलाई बुझ्दै हाल्यान्डले भने, ‘हो यसले मलाई नर्भस बनायो। तर, त्यो अवस्थालाई बुझेर अघि बढ्नुको विकल्प पनि त थिएन र मैले त्यो गरेँ। गोलले निकै शान्त बनाएको थियो।’

Laxmi sunrise bank
kumari

उनले त्यो गोल निकै भावनात्मक भएको कारण पछिल्लो हप्ताको इन्ज्युरी रहेको पनि संकेत गरेका छन्। 

त्यहि चोटका कारण बेञ्चबाट खेल सुरु गरेका उनले खेलमा हेडमार्फत् गोल गरिसकेका थिए। तर, भिएआरको सहायताले रेफ्रीले त्यसलाई अफसाइड करार गरिदिएका थिए।

त्यसबारहेक उनले अन्य चार प्रहार पनि गरेका थिए। लक्ष्यमा गरेका ती प्रहार चाहिँ गोल हुन सकेनन्। यद्यपी गएराति उनले सिटीको लागि प्रिमियर लिगमा १२ खेलबाट १८ गोल पुरा गरेका छन्। सबै प्रतियोगितामा हेर्ने हो भने उनले १७ खेलबाट २३ गोल गरेका छन्।

गएरातिको जितसँगै सिटीले १३ खेलबाट ३२ अंक बनाएको छ। दोस्रो स्थानको आर्सनलभन्दा सिटी एक अंकले मात्र अघि छ। यद्यपी आर्सनलले यो हप्ताको खेल आज (सोमबार) राति खेल्नेछ।

प्रकाशित: Nov 06, 2022| 08:25 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।