शुक्रबार, भदौ ५, २०८३

पौडेल समूहको निष्कर्ष : तोकिएको समयमा अझै पनि महाधिवेशन सम्भव छ

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले महाधिवेशनका लागि साढे ५ वर्षभन्दा बढी समय नदिएकाले भदौभित्र महाविधेशन सम्पन्न गनुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अझै पनि तोकिएको समयमा महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ। सोमबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले महाधिवेशनका लागि  तोकिएको समय आउन अझै १ महिना बाँकी रहेकाले उक्त समयमा नै महाधिवेशन गर्न सम्भव रहेको निष्कर्ष निकालेको हो।  

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले महाधिवेशनका लागि साढे ५ वर्षभन्दा बढी समय नदिएकाले भदौभित्र महाविधेशन सम्पन्न गनुपर्नेमा आफूहरू एकमत रहेको जानकारी दिए। 

‘कार्यतालिकामा व्यवधान आएर अड्किएका छौं। तर, अझै  एक महिना समय छ। अझै पनि उक्त समयभित्र महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘सविधानले साढे पाँच वर्षभन्दा बढी समय दिएको छैन। यस्तो अवस्थामा पार्टीको वैधानिकता कसरी जोगाउने भनेर हामीले छलफल गरेका छौं।’ 

इमान्दारितापूर्वक प्रयास गरे महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन अझै पनि समय रहेको बताए। ‘क्रियाशील सदस्यताको विवाद छ। समाधान भएको त भइ नै सक्यो। मिलाउन चाहने हो भने बाँकी काम पनि १–२ दिनमा मिलाउन सकिन्छ। मिलाउन नसके १५औं महाधिवेशनका लागि थाती राख्ने र १३औं महाधिवेशनका क्रियाशीलबाट अधिवेशन गर्न सकिन्छ,’ उनले भने। 

पार्टीलाई संवैधानिक संकटबाट बचाउन महाधिवेशन अनिवार्य भएको उनको भनाइ छ।

प्रकाशित: Aug 09, 2021| 20:23 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...