आइतबार, फागुन १७, २०८२

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ।’

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ।’ राजनीतिक जीवनको सुरुआतबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने बताए।

बिहीबारदेखि गृहजिल्लामा रहेका देउवाले आज दुई चुनावीसभालाई सम्बोधन गरे। जिल्लाको अजयमेरुको भद्रपुर र भागेश्वरको रुपालको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनले आफू सुदूरपश्चिमको स्थायीवासी भएकाले पनि यहाँको भूमि, विकास निर्माण, आर्थिक समृद्धिका बारेमा आफूलाई बढी चिन्ता हुने दाबी गरे। प्रधानमन्त्री देउवाले डडेल्धुरासहित सुदूरपश्चिमको सम्पूर्ण विकासका लागि आफू निरन्तर लागिपरेको उल्लेख गर्दै भौतिक र सामाजिक विकास अगाडि बढेको र अब आर्थिक समृद्धिका लागि पहल भइरहेको स्पष्ट पारे।

उनले भने, ‘शिक्षामा सुधार ल्याउन मेडिकल कलेज र आधुनिक प्राविधिक शिक्षामा जोड दिन्छु। पश्चिमसेती, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रलगायत सिँचाइ, खानेपानी र विद्यालय निर्माणजस्ता विकासका कुरा अगाडि बढेको छ।’

kumari

प्रकाशित: Nov 05, 2022| 19:31 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।