शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : आरोपी विष्ट आफन्तको जिम्मा, बम दिदीबहिनी धरौटीमा रिहा

निर्मला हत्या प्रकरण : आरोपी विष्ट आफन्तको जिम्मा, बम दिदीबहिनी धरौटीमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दोषीको रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टलाई आफन्तको जिम्मा लगाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायधिवक्ता खेम भट्टले प्रहरीले तत्काल पेश गरेका प्रमाणबाट विष्ट दोषी नदेखिएकाले उनलाई आफन्तको जिम्मा लगाउने अनुमति दिइएको बताए।

प्रहरीले पेश गरेको डिएनए रिर्पोट नमिलेपछि विष्टलाई तत्कालका लागि आफन्तको जिम्मा लगाईएको उनले बताए। उनले् भने,‘बालिकाको यौनीबाट निस्केको रगत र विष्टको डीएन नमुना म्याच भएन र हाल सम्म पेश भएका प्रमाणका आधारमा विष्ट दोषी देखिएनन्।’

 यस्तै निर्मलाकी साथी रोशनी बम र वविता भनिने अनितालाई धरौटीमा रिहा गरिएको छ। दुवै दिदीबहिनीलाई ३०-३० हजार धरौटीमा रिहा गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।