सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • संवाद
  • शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।
 |  शनिबार, कात्तिक १९, २०७९
averest bankaverest bank

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, कात्तिक १९, २०७९

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला आफ्नो निर्वाचन क्षेत्र नवलपुर–१ मा शुक्रबार व्यस्त देखिन्थे। तीन पटकसम्म सांसद हुँदा गरेका कामको फेहरिहस्त सार्वजनिक कार्यक्रमपछि निवासमा भेटिएका कोइरालासँग आगामी निर्वाचन, उम्मेदवारी, निर्वाचनपछिको राजनीतिबारे नेपाल समयका लागि तीर्थराज बस्नेतले गरेको कुराकानीः

sagarmatha cement

यो क्षेत्रबाट तीन पटक निर्वाचित हुनुभयो। चौथो पटक चुनाव लड्दै हुनुहुन्छ। तयारी कस्तो छ?

म अहिले जनताको माझमै छु। मैले विगतदेखि अहिलेसम्म गरिरहेका कामबारे जानकारी गराउनेलगायतका कार्य भइरहेका छन्। यहाँ धेरै काम भएको छ। यहाँ विकासे योजनासँगै अन्तर्राष्ट्रिय खेलमैदान निर्माण, ट्रमा सेन्टर, धाम,  तटबन्धन, कृषिका लागि ठूला आयोजना, कृषि फार्म बनाउनेलगायत ठूला आयोजनाको काम भइरहेको छ। विद्यालय केन्द्रित काम पनि भइरहेका छन्। अहिले भारतीय दूतावासमार्फत २० वटा स्कुल बस उपलब्ध गराएँ। तीन/चार वटा स्कुल बनाउन सहयोग गरें। यहाँका हरेक स्कुलमा मेरो केही न केही योगदान छ। १५ वर्षे अवधिमा बाटाघाटा बनाएँ। पर्यटकीय दृष्टिकोणका हिसाबले पनि काम भइरहेको छ। यो क्षेत्र असंख्य सम्भावना भएको ठाउँ हो। 

तपाईं यो क्षेत्रमा पहिलो पटक चुनाव लड्न आउँदाको अनुभव कस्तो थियो?

मलाई पूर्व जान मन थियो। पहिले मलाई यो ठाउँ नौलो थियो। शेरबहादुरजीले पनि हैन त्यहाँ मान्छे छैन, राम्रो ठाउँ छ, तपाईं जानुस् भन्नुभयो। तर म यहाँ कसैलाई चिन्थिनँ। यहाँका केही व्यक्तिको नाम कन्ठस्थ पारेर आउनुपर्ने अवस्था थियो। यहाँका ठाउँको नाम पनि थाहा नहुने हुँदा रटेर जानुपर्ने। बाटो त्यस्तै पहाडमा माथि गयो तल झ¥यो, माथि गयो तल झर्‍यो। सडक बन्दोबस्ती केही नभएको अवस्था थियो। पहिले मलाई हिँड्न नसकेर बोकेका पनि थिए। अहिले सडकको पहुँच राम्रो बनाएको छु। जनतालाई केही सुखानुभूति भएको छ। अहिलेको अवस्थामा मैले गरेका कामबारे जानकारी गराउने र आगामी योजना तयार पार्नमै लागिरहेको छु। यस क्षेत्रका मतदाताको आकांक्षा धेरै छन्। उनीहरू चाहन्छन्, कायापलट होस्। सबै कुरा गर्न नसके पनि मेरो प्रयास निरन्तर रहन्छ। स–सानो कामबाट सुरु गरेर ठूला काम सहजै बन्न सकून् भन्ने मेरो ध्येय हो। 

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।

वाचा गरेको छैन। तपाईंहरूको मुख्य समस्या पूरा गर्न लागिरहेको छु, लागिरहन्छु भनेको छु। यहाँ ठूलो समस्या रहेको सुकुम्बासी व्यवस्थापन पनि हो। भूमि आयोगमार्फत काम गराउन खोजेको चुनावले गर्दा गर्न पाइरहेको छैन। शेरबहादुरजीलाई आग्रह गरेर सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको छ। लालपुर्जा दिने, कहाँ व्यवस्थापन गर्न सकिन्छ, ठाउँ हेर्ने, जहाँ बसेको छ, त्यहीँ पो हुन्छ कि भनेर अध्ययन गर्ने भन्ने कुरा भइरहेको छ। त्यस कारण मैले केही आश्वासन बाँढेको छैन। जे सकिन्छ, त्यो गरिरहेको छु। जे सकिन्छ, त्यो गर्छु भनेको छु।

चौथो पटक पनि नवलपुर–१ का जनताले डा. शशांक कोइरालालाई किन मत दिने?

मेरा जुन योजना छन्, त्यसलाई कार्यान्वयन गर्न र यहाँको विकासका लागि मलाई नै मतदाताले फेरि मत दिनुपर्छ। दिनुहुन्छ भन्नेमा म ढुक्क पनि छु। नवपुरलाई कायापलट गर्ने, यसलाई देशभरिकै नमुना बनाउँछु भन्ने मेरो अठोट हो। म गरेर पनि छाड्छु। अनि मलाई मत नदिएर कसलाई दिने? 

चुनाव जितेर संसद् भवनभित्र गइसकेपछि तपाईं जनताका समस्याबारे केही बोल्नुहुन्न भन्ने आरोप छ नि? 

बोलेको छु। रोस्ट्रममै गएर बोलेको छु। राष्ट्रिय चासोका कुरा हुँदा, जनताका समस्याबारे पनि कुरा गरेकै छु। तर केही नहुँदा त्यसै गएर कराउने कुरा हुँदैन।  

गठबन्धनको उम्मेदवार हुनुहुन्छ। गठबन्धनको भोट तपाईंतिर ‘ट्रान्सफर’ हुन्छ? 

त्यो अलि गाह्रो नै छ।  कांग्रेसीहरूले नै हँसिया हथौडामा भोट दिँदैनौं, हँसिया हथौडामा हातै जाँदैन भनेको सुनिन्छ। उनीहरूलाई अहिलेको परिस्थिति यो हो भनेर बुझाउने काम भइरहेको छ। ओलीजीको प्रतिगमनविरुद्ध सबै एक ठाउँ हुनुपरेका कारण पनि यस्तो भएको हो भनेका छौं। त्यसैले समस्या हुँदा पनि सबै दलका नेता, कार्यकर्तालाई सम्झाउँदै, बुझाउँदै सुझबुझ ढंगले काम गरिरहेका छौं। यहाँका अन्य पार्टीका नेता, कार्यकर्ताले मलाई मत हाल्नेमा ढुक्क छु। 

मेरा जुन योजना छन्, त्यसलाई कार्यान्वयन गर्न र यहाँको विकासका लागि मलाई नै मतदाताले फेरि मत दिनुपर्छ। दिनुहुन्छ भन्नेमा ढुक्क छु। नवपुरलाई कायापलट गर्ने, यसलाई देशभरिकै नमुना बनाउँछु भन्ने मेरो अठोट हो। 

कांग्रेसभित्र धेरै नेताहरूले आफूलाई प्रधानमन्त्रीका रूपमा दाबी गरेर चुनाव लडिरहेका छन्। तपाईंको इच्छा के छ?

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ। मेरो दाइ शेखर दाइ पनि प्रधानमन्त्रीकै प्रत्यासी हुनुहुन्छ। तर मलाई के लाग्छ भने मेरो योगदानको आधार तथा हरेक हिसाबले अहिले बलियो उम्मेदवार हुँ। 

शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने इच्छा गरिरहेको देखिन्छ। पार्टीमा युवाहरू नेताहरू पनि आकांक्षी छन्, कसरी व्यवस्थापन गर्ने? 

चाहना धेरैको हुन्छ। हाम्रो कोइराला परिवार एक हुन्छ। प्रधानमन्त्री बन्न कोइराला परिवारको एक जना ‘क्यान्डिडेट’ हुन्छ। त्यो म नै हुन्छु।  युवाहरू सबैको व्यवस्थापन हुन्छ। गगन थापा छ, बद्री पाण्डे छ, विश्वप्रकाश छ, प्रदीप छ। सबैको व्यवस्थापन हुन्छ। उनीहरू लाइनमा छन्। उनीहरूलाई भन्नुपर्छ, तिमीहरू पर्ख, हामी छौं भनेर।

प्रकाशित: Nov 05, 2022| 12:29 शनिबार, कात्तिक १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

मुलुकमा वन जंगलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ। वन्यजन्तुको संख्या पनि निकै बढेको छ। यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव-वन्यजन्तु द्वन्द्व बढेको छ...
संविधानका मूलभूल विषय जोगाउँदै समृद्ध समाजवादी समाज निर्माण गर्नुपर्छ: भट्टराई [अन्तर्वार्ता]

संविधानका मूलभूल विषय जोगाउँदै समृद्ध समाजवादी समाज निर्माण गर्नुपर्छ: भट्टराई [अन्तर्वार्ता]

संविधानका मूलभूल विषयलाई जोगाउँदै यसभन्दा उन्नत प्रकारको समृद्ध समाजवादी समाज निर्माण गर्नु नै अबको आवश्यकता हो।
संविधान संशोधन होइन, प्रभावकारी कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे [अन्तर्वार्ता]

संविधान संशोधन होइन, प्रभावकारी कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे [अन्तर्वार्ता]

यो संविधानलाई कार्यान्वयनमा लगेर जनताको जीवनमा रुपान्तरण गर्न जरुरी छ। जनताले समामाजिक न्याय र आर्थिक रुपान्तरण खोजेका छन्।
सरकारको मुख्य लक्ष्य नै लगानी बढाउनु हो: प्रधानमन्त्री दाहाल [अन्तर्वार्ता]

सरकारको मुख्य लक्ष्य नै लगानी बढाउनु हो: प्रधानमन्त्री दाहाल [अन्तर्वार्ता]

लगानीका लागि उपयुक्त नीतिको तर्जुमा, लगानीका क्षेत्र पहिचान, लगानी स्वीकृति, परियोजना कार्यान्वयन गरी नेपालमा बढीभन्दा बढी निजी लगानी, त्यसमा पनि विदेशी लगानी प्रवर्द्धन गर्नेतर्फ बोर्ड...
विदेशी लगानी भित्र्याउन सहज वातावरण मुख्य पूर्वसर्त हो: सुशील भट्ट [अन्तर्वार्ता]

विदेशी लगानी भित्र्याउन सहज वातावरण मुख्य पूर्वसर्त हो: सुशील भट्ट [अन्तर्वार्ता]

स्थापनाको १२ वर्षमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजनामा गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब लगानी स्वीकृत गरेको...