हुम्ला- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टरमार्फत हुम्लामा मतपत्र ल्याइएको छ। शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
मतदान केन्द्रमा आवश्यक पर्ने ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाको भनाइ छ।
उनका अनुसार २६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने छ।