काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ। अब निर्वाचन आयोगले यही कात्तिक २४ गतेभित्रमा ढुवानी गरिसक्ने तयारी गरिरहेको छ।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी ८ करोड मतपत्र छपाइको काम सकिएको छ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा पठाउन ढुवानीलाई तीव्रता दिइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए।
समानुपातिक मतपत्र भने यसअघि नै ढुवानी भइसकेको छ।