सोमबार, वैशाख २८, २०८३

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ। पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

पाल्पा- कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ। पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ।

National life

यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ। स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रुपमा यहाँका बासिन्दाले यो स्थललाई लिने गरेका छन्। विशेष गरी हरिबोधनी एकादशी पर्वका अवसरमा लाग्ने केलादीघाटको मेलाले कालीगण्डकी बेँसीको रहनसहन, संस्कार संस्कृति, सामाजिक भावनाको विकासलाई एकताबद्ध बनाएको छ। यस मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ।

धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिकाका सरबहादुर तामाङ पहिलोपटक केलादी मेला अवलोकन गर्न आए। केलादीको नाम धेरै सुनेको तर आउने अवसर नमिलेकाले यस पटकको मेलामा धान राख्ने भकारी बिक्री गर्ने सिलसिलामा यहाँ आएको बताए।

“केलादी मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकापसमा आत्मीयताको भावना बढाउँदै जानेछ”, उनले भने।

यहाँ लाग्ने मेला हेर्ने र स्थानीय उत्पादनको व्यापार गर्न यसपटक केलादीमा आएको तनहुँ जिल्ला भिमाद बस्ने खुमबहादुर थापाले बताए। एकादशीका बेला यसभन्दा अघिल्ला वर्षमा उनी चितवनलगायत अन्य स्थानमा सुन्तलाको व्यापार गर्न जान्थ्ये। सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध विस्तार हुने जानकारी पाएपछि अन्यत्रको मेला छाडेर यस पटक व्यापार पनि हुने र मेला पनि भर्ने उद्देश्यले यहाँ आएको उनले बताए।

“अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन”, उनले भने, “भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, मेलामा दश क्विण्टल सुन्तलाको व्यापार पनि भयो”। केलादी मेलामा विशेष गरी सुन्तला, सखरखण्ड, केरा, तरुल, बाँसजन्य सामग्रीको राम्रो व्यापार हुन्छ। यी सामान खरिद गर्नकै लागि पनि टाढाबाट मानिसहरु मेलामा आउने गर्दछन्। बाँसबाट बन्ने आकर्षक सामान खरिद गर्नेको ठूलो सहभागिता हुन्छ। पछिल्ला वर्षमा भने यहाँको मेलामा माटोबाट तयार पारिएको सामग्री भने देखिएन। उत्पादन नभएपछि माटोबाट बनेका सामग्री मेलामा पाउनै छाडिएको हो।

स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने तिलबहादुर थापाले बर्सेनि यहाँको मेलामा सुन्तलाको व्यापार गर्दै आएका छन्। मेलाको मुख्य आकर्षणमा सुन्तला पनि परेकाले घरमा उत्पादन भएका सुन्तला बिक्रीका लागि उनी यहाँ आउने गर्छन्। मेलाले स्थानीयस्तरका उत्पादन व्यापार गर्ने राम्रो अवसर मिलेको थापाले बताए।

यस वर्षको एकादशीको अवसरमा लागेको मेला करिब पाँच हजारभन्दा बढीले अवलोकन गरेको अनुमान गरिएको छ। पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन मेला अवलोकन गर्न भित्रिएका थिए। पछिल्लो समय सडक सुविधा विस्तार, केलादीघाटमा पक्की पुल भएसँगै मेला हेर्न जाने बढ्दै गएका हुन्।

केलादीघाट ऐतिहासिक र पौराणिकघाट हो। लामो समयदेखि हरिबोधनी एकादशीका दिन यहाँ तोरण तार्ने गरिँदै आइएको छ। पहिला भक्तजन स्नान गर्न मात्रै आउथे भने अहिले मनोरञ्जन, संस्कृतिको संरक्षण र चाडबाडलाई बढी महत्व दिएर आउनेको सङ्ख्या बढ्न थालेको स्थानीयवासी घनश्याम खनालले बताए।

नेपाली धर्म, अध्यात्म, वैदिक सनातन र सभ्यतामा जोडिएका जति पनि सांस्कृतिक पर्व छन् तिनमा धार्मिक र आध्यात्मिक महिमा पनि उत्तिकै छ। विश्वमै शालिग्राम पाइने एकमात्र नदी भएकाले शालिग्राम जननी माताका रुपमा लिइने यस नदीमा तोरण तारेमा जन्मजन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएकासबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि एकादशी मेलामा कालीगण्डकी नदीमा तोरण तार्ने गरिन्छ।

यो पर्वमा विभिन्न ठाउँबाट भक्तजन मेलामा आउँदा पारिवारिकरुपमा सम्बन्ध कायम भएका आफन्तजनसँग भेटघाट हुने, विचार आदानप्रदान हुने, सन्चो बिसन्चो खबर, सूचना सन्देश प्रवाह गर्न राम्रो माध्यम बनेको अर्का स्थानीयवासी लेखनाथ बस्ताकोटीले बताए। आफूले उत्पादन गरेका उपज यहाँ बिक्री गर्न पाइने र यहाँ उपलब्ध नहुने वस्तु खरिद गर्ने मेलाका रुपमा पनि केलादी मेला प्रसिद्ध छ।

प्रकाशित: Nov 05, 2022| 08:32 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।