काठमाडौं- बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
शुक्रबार बिहान वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-९ मा उनलाई बा.प्र.०६-००१ ख ०१२२ नम्बरको बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी पैदल यात्री श्रेष्ठलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।
बसका चालक चितवन रत्ननगर नगरपालिका-४ बस्ने ३९ वर्षीय सुरेश राउतलाई प्रहरीले पक्राउ गरेको छ।