मंगलबार, फागुन १९, २०८२

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा सुधार

शुक्रबार उनका निजी चिकित्सकले खानको स्वास्थ्यमा सुधार भएको जानकारी दिएका हुन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

वजीराबाद- हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ।  शुक्रबार उनका निजी चिकित्सकले खानको स्वास्थ्यमा सुधार भएकभो जानकारी दिएका हुन्। 

विरोध प्रदर्शनमा सहभागी भएका खानमाथि गोली प्रहार गर्दा खानसहित १० जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको र उनी आक्रमणकारीमध्ये एक भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक समाचारहरूमा बताएका छन्। 

गत अप्रिलमा खानलाई सत्ताच्युत गरेयता पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ। पूर्वप्रधानमन्त्री खानका चिकित्सक फैजल सुल्तानले पूर्वी शहर लाहोरको एक अस्पतालबाट शुक्रबार एएफपीलाई बताएअनुसार खानको खुट्टामा गोली लागेको छ। 

७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहेका छन्। इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उनी यात्रारत सवारी साधनमा पेस्तोलद्वारा गोली हानेको थियो। 

आक्रमणका समय खानका पछाडि उभिएको बताउँदै पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग भने, 'अगाडिको पङ्तिमा उभिएका सबैलाई गोलीको छर्रा लागेको छ।' बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उनले बताए। 

kumari

एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ। आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन् । उनले मुस्लिम समुदायलाई दिनको पाँच पटक मस्जिदमा प्रार्थनामा जान अवरोध पुर्‍याएको भन्दै कोलाहलपूर्ण जुलुसप्रति आफू रुष्ट भएको बताए।

सरकारका आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले यो आक्रमण ‘धार्मिक अतिवादको स्पष्ट उदाहरण’ भएको बताए। 'भिडियोमा अभियुक्तले लगाएको आरोप निकै कहालिलाग्दो छ,' उनले पत्रकार सम्मेलनमा भने। 

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले भने यसलाई ‘षडयन्त्र’को संज्ञा दिँदै सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ।

पञ्जाब सरकारका अधिकारीहरूले नाभिद अहमदको रूपमा नामाकरण गरेका आरोपी खानलाई गोली हानिएको प्रदर्शनस्थल नजिकैको एक गरीब गाउँका भएको बताएका छन्। 

छिमेकीहरूले एएफपीलाई बताएअनुसार अहमदका (काका) एक ‘साधारण मान्छे’ हुनुहुन्थ्यो र उहाँको कुनै स्पष्ट धार्मिक वा राजनीतिक झुकाव थिएन।

पाकिस्तानमा दक्षिणपन्थी धार्मिक समूहहरूको जनसङ्ख्यामा ठूलो प्रभाब छ ।साथै पाकिस्तान लामो समयदेखि इस्लामी उग्रवादसँग जुधिरहेको छ। खानमाथि यसअघि पनि आफ्नो समर्थनको आधार फराकिलो बनाउन धार्मिक भावना भड्काएको आरोप लाग्दै आएको थियो। रासस/एएफपी

प्रकाशित: Nov 04, 2022| 20:52 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।