काठमाडौं- भारत निर्वाचन आयोगका प्रमुख राजीवकुमार नेपालको निर्वाचनको अवलोकन गर्न आउने भएका छन्।
आयोगका सहप्रवक्ता कमल भट्टराईले प्रमुख राजीवकुमार मंसिर २ गते नेपाल आइपुग्ने तय भएको जानकारी दिए।
'आयोगको निम्तोलाई भारतीय निर्वाचन आयोग प्रमुखले स्वीकार गर्नु भएको छ। उहाँ नेपालको चुनाव अवलोकन गर्न मंसिर २ गते नेपाल आइपुग्नुहुनेछ,' भट्टराईले बताए।
नेपालमा मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।