सोमबार, वैशाख २८, २०८३

निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

विधि विज्ञान प्रयोगशाला काठमाडौंमा भएको परीक्षणको प्रतिवेदनमा राजपुतका छोरा र श्रेष्ठको डीएनए मिलेको हो। प्रयोगशालाले शुक्रबार नै उच्च अदालत जनकपुरलाई पठाएको उक्त रिपोर्ट पठाइसकेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- आफूलाई 'कुमारी आमा' भनेर चिनाउने निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ। 

National life

विधि विज्ञान प्रयोगशाला काठमाडौंमा भएको परीक्षणको प्रतिवेदनमा राजपुतका छोरा र श्रेष्ठको डीएनए मिलेको हो। प्रयोगशालाले शुक्रबार नै उच्च अदालत जनकपुरलाई पठाएको उक्त रिपोर्ट पठाइसकेको छ। 

शिवराजले नशालु पदार्थ पिलाएर आफूमाथि बलात्कार गरेको र गर्भ बसी छोराको जन्म भएकाले श्रेष्ठलाई जबर्जस्ती करणीको मुद्दा लगाउनुपर्ने भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। यसअघि जिल्ला अदालत धनुषाले श्रेष्ठलाई बलात्कारको मुद्दामा सफाइ दिएको थियो। तर छोराको  सम्पत्तिका लागि मागदाबी गर्न सक्ने अदालको फैसलामा उल्लेख थियो। राजपूतले भने आफूलाई न्याय नमिलेको र श्रेष्ठले बलात्कार गरेको भन्दै उच्च गएकी छन्। उच्चमा यो मुद्दा विचाराधीन छ। 

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो। यस्तै शुक्रबार नै निहारिकाले डीएनए सार्वजनिक गर्न प्रधानमन्त्रीनिवास नजिकैको निषेधित क्षेत्र तोड्न प्रयास गरेकी थिइन्। 

निहारिका र श्रेष्ठ प्रेमीप्रेमिका भएको र उनीहरू लिभिङ टुगेदरमा बसेको प्रहरी अनुसन्धानले देखाएको थियो।  यसैलाई आधार मानेर जिल्ला अदातल धनुषाले जबर्जस्ती करणीको मुद्दामा श्रेष्ठलाई सफाइ दिएको बताइँदै आएको छ। 

प्रकाशित: Nov 04, 2022| 16:50 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।