शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप क्रिकेट: एपिएफ र गण्डकीले अंक बाँडे, आर्मीले सुदूरपश्चिमलाई हरायो

पीएम कप क्रिकेट: एपिएफ र गण्डकीले अंक बाँडे, आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदीवसिय पुरुष क्रिकेट प्रतियोगितामा एफिएफ र गण्डकी प्रदेशको खेल ११५ मा टाइ (बराबार) भएको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदीवसिय पुरुष क्रिकेट प्रतियोगितामा एफिएफ र गण्डकी प्रदेशको खेल ११५ मा टाइ (बराबार) भएको छ। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ३५ ओभर एक बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो।

National life

जवाफमा गण्डकीले पनि ३१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३१ रन बनाएपछि खेल टाइ भएको हो। टाइ भएपछि दुवैले १–१ अंक बाँडे। खराब ओपनिङ गरेको एपिएफका लागि भुवन कार्कीले सर्वाधिक २४ रन बनाउँदा पुरन बिकेले २३ साथै लोकेश बम र सन्दिप जोराले समान २२–२२ रनको योगदान दिए।

बलिङमा रहेको गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले समान ३–३ विकेट लिए। जवाफी ब्याटिङमा अभिषेक बस्नेतले २४ रन बनाएका थिए। गण्डकीलाई ११६ रनको लक्ष्य एक रनले पूरा गर्न नदिने क्रममा किशोर महतो र मौसम ढकालले समान ४–४ विकेट गिराएका थिए।

यससँगै दुवै टिमले एकएक अंक बाँडेका छन्। आजै भएको अर्को खेलमा विभागीय टिम आर्मीले सुदूरपश्चिम प्रदेशलाई १६९ रनले हराएको छ। पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा आठ विकेट गुमाएर २८२ रन बनाएको थियो।

जवाफमा सुदूरपश्चिमले २९ ओभर चार बलमा ११३ रन बनाउँदै सबै विकेट गुमाएपछि उसले हार बेहोरेको हो। खेलमा म्यान अफ दि म्याचसमेत रहेतका अर्जुन साउँदले छ चौका र दुई छक्काको सहयोगमा ७३ रन बनाए। रोहित पौडेलले पनि ५२ रनको अर्धसतकिय पारी खेले।

Laxmi sunrise bank
kumari

त्यसक्रममा सुदूरपश्चिमका लागि हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले समान २–२ विकेट गिराएका थिए। दोस्रो पारीमा बसन्त खत्रीले २५ रन बनाउँदा जितेन्द्र मुखियाले सर्वाधिक तीन विकेट गिराएका थिए।

साविक विजेता आर्मीको दोस्रो खेलमा यो पहिलो जित हो। सुदूरपश्चिम भने तेस्रो खेलसम्म पनि जितविहिन छ। प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै पुलिस हिजो नै सेमिफाइनलमा पुगेको छ। उसले तीन खेलबाट छ अंक बनाएर अर्को चरणमा स्थान बनाएको हो।

प्रकाशित: Nov 04, 2022| 16:39 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।