शनिबार, कात्तिक २९, २०८२

टी–२० विश्वकपको सेमिफाइनलमा पुग्यो न्युजिल्यान्ड

केन विलियम्सनको उत्कृष्ट पारीमा आयरल्यान्डलाई हराउँदै न्युजिल्यान्ड अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– केन विलियम्सनको उत्कृष्ट पारीमा आयरल्यान्डलाई हराउँदै न्युजिल्यान्ड अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। समूह १ मा रहेको न्युजिल्यान्ड पाँच खेलमा सात अंक जोड्दै विश्वकपको सेमिफाइनलमा पुगेको हो।

National life

सुपर १२ को अन्तिम खेलमा आयरल्यान्डलाई ३५ रनले हराउने क्रममा विलियम्सनले ३५ बलमा ६१ रनको योगदान दिएका थिए। उनको सो रनको सहयोगमा न्युजिल्यान्डले पूरा ओभर खेल्दै छ विकेट गुमाएर १८५ रन बनाएको थियो।

जवाफमा आयरल्यान्डले २० ओभरमा नौ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो। विश्वकपमा अहिले अफगानिस्तान र अष्ट्रेलियाको खेल भइरहेको छ। अफगानिस्तान सुपर १२ बाटै बाहिरिसकेको छ भने अष्ट्रेलिया सेमिफाइनलको दावेदार टिम हो। समान चार खेलबाट अष्ट्रेलिया र इंग्ल्यान्डले ५–५ अंक बनाएका छन्।

अर्को खेलमा इंग्ल्यान्डले श्रीलंकाको सामना गर्नेछ।

प्रकाशित: Nov 04, 2022| 16:06 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।