शुक्रबार, साउन १, २०८३

राहत शिक्षकले ठप्प पारे सामुदायिक विद्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- राहत दरबन्दीमा कार्यरत शिक्षकहरुले प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेका छन्। पटकपटक सम्झौता गरेपनि सरकारले माग पुरा नगरेको भन्दै उनीहरुले विद्यालय ठप्प पारेका हुन्।

राहत शिक्षकहरुले माग पुरागर्न सरकारलाई दबाब दिन मंगलबारबाट तीनदिन विद्यालय बन्द ठप्प पार्न आह्वान गरेका छन्। बिहान सञ्चालनमा आएपनि आन्दोलनरत राहत शिक्षकहरुले दबाब दिएपछि विद्यालयहरु बन्द भएका छन्।

राहत शिक्षकहरुले विद्यालय ठप्प पारेपछि प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा र पर्साका लाखौं बालबालिका पठनपाठनबाट बञ्चित भएका छन्। आन्दोलनरत शिक्षकहरुले तीनदिन विद्यालय बन्दको घोषणा गरेपनि बुधबार र विहिबार तराईमा मनाइने चौठचन्द्र पर्व र तीजको अवसरमा स्थानीय विदा दिइएको छ।

राहत कोटामा कार्यरत सबै शिक्षकहरुलाई दरबन्दी सरह सुविधा दिइनुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी हटाइनुपर्ने, राहत शिक्षकहरुलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनुपर्ने लगायतका माग उनीहरुले राख्दै आएका छन्। 

पटकपटक आश्वासन दिएपनि माग पुरागर्न सरकार उदासीन देखिएपछि बाध्य भएर आफूहरु विद्यालय ठप्प पार्ने निर्णयमा पुगेको राहत शिक्षक संघर्ष समिति धनुषाका संयोजक आमोदकुमार झाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।