शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल पक्ष भन्छ- संस्थापन पक्षको निर्णयले थप दूरी निम्त्यायो

नेकपा एमालेको संस्थापन पक्षले गरेको एकलौटी निर्णयले एकता प्रक्रियामा थप दूरी बढ्ने देखिएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- नेकपा एमालेको संस्थापन पक्षले गरेको एकलौटी निर्णयले एकता प्रक्रियामा थप दूरी बढ्ने देखिएको छ। सोमबार बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले एमालेमा विधान संशोधन गर्नेलगायतका निर्णय गरेपछि त्यसले पार्टी एकता प्रक्रियामा थप जटिलता थपिने देखिएको हो। 

एमाले उपाध्यक्ष एवं माधव नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्यले एकताको वातावरण बनिरहेका बेला एकलौटी रूपमा गरिएका निर्णयले दूरी बढ्ने बताइन्। ‘हामीले अहिले तत्काल सबै गतिविधि रोक्न भनेका थियौं। तर उहाँहरुले एकलौटी रूपमा अघि बढ्न खोज्नुभयो’, उनले भनिन्, ‘ओली पक्षले एकता नचाहेको हो भन्ने देखिएको छ।’

यसबारे थप छलफल गरेर धारणा बनाउने उनले बताइन्। ‘अध्यक्ष मात्रै निर्वाचित गर्ने गरी विधान संशोधन गर्न खोज्नु भनेको आफू शक्तिशाली बन्ने र त्यसबाट एकलौटी रूपमा सबैलाई पेलेर अगाडि बढ्न खोजिएको हो।’ उनले भनिन्, ‘सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्न खोज्नु त निरंकुश भयो, यसरी कम्युनिस्ट पार्टी बन्दैन। कम्युनिस्ट पार्टी त लोकतान्त्रिक बन्नुपर्छ।’

केपी ओलीमा निरंकुश शासन गर्ने प्रवृति देखिएको भन्दै उनले यस्तो अवस्थामा नेकपा एमाले एक भएर अगाडि बढ्न कठिन हुने बताइन्। संस्थापन पक्षको निर्णयले थप गम्भीर स्थिति सिर्जना गरेको भन्दै अब थप सोच्नुपर्ने बेला आएको उनको भनाइ छ। ‘हामीले पार्टी फुटाएर जान हुँदैन त्यसो गर्दा हिजो वामदेव कमरेडको जस्तो हुन्छ भनेर एकतामै लागिरहेका हौं’, उनले भनिन्, ‘विभाजन भएर जाँदा हिजो भएको नोक्सानी र आज पनि अहिलेसम्म भएको क्षतिलाई सबैले ध्यान दिनुपर्छ।’

एमालेभित्र केपी ओली र माधव नेपाल दुवै लचिलो भइदिएको भए आज एमालेको शक्ति क्षीण हुनबाट जोगिने थियोे भन्दै उनले अहिले नेताहरूका कारणले त्यो स्थिति देखिएको बताइन् । दुईवटा नेताहरुका बीचमा सहमति नभएर एमाले एकताबद्ध नहुने भन्दै उनले १० बुदे सहमति भएको र पार्टी जेठ २ मा फर्किएको भन्दै फर्केर जिम्मेवारी लिनुस् भन्ने विषय न्यायोचित नहुने बताइन्।

प्रकाशित: Aug 09, 2021| 20:05 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...