सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीपलाई कारागार चलान गर्न यी हुन् अदालतले लिएका आधार

सन्दीपलाई कारागार चलान गर्न यी हुन् अदालतले लिएका आधार

कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले तत्काल प्राप्त प्रमाणलाई आधार लिएको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन शुक्रबार आदेश दिएपछि उनलाई कारागार पठाइएको हो। 

National life

थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गर्दा अदालतले के केलाई आधार बनायो त?

कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले तत्काल प्राप्त प्रमाणलाई आधार लिएको छ। 

तत्काल प्राप्त प्रमाणमा पीडितले दिएको किटानी जाहेरी, मौकाका गरिएको कागज, पीडितको कागज, घटना प्रकृति मुचुल्का, पीडितको शरीर परीक्षण र होटलवालाले गरेको कागजलगायतका प्रमाण छन्। यी आधारलाई केलाउँदा  लामिछाने निर्दोष हुन् भन्ने प्रमाण पुग्न नसकेको भन्दै अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको न्यौपानेले बताए। 

प्रतिवादी सन्दीप पक्षले अदालतमा पेस गरेको पीडित भनिएकी किशोरी 'साबालिग भएको प्रमाण'का विषयमा विश्वस्त हुन नसकिएको तर यस विषयमा मुद्दाको पूर्ण फैसलामा समेटिने समेत आदेशमा उल्लेख भएको उनको भनाइ छ। 

यता लामिछाने पक्षले भने आशाभन्दा बाहिरको आदेश आएको भन्दै उच्च अदालत जान सक्ने संकेत गरेको छ। 

सन्दीप विगतमा मास्क र क्याप लगाएर अदालत जाने गरेकोमा आज मास्क र क्याप लगाएका थिएनन्। 

प्रकाशित: Nov 04, 2022| 15:40 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।