सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्व सकिएसँगै कामको खोजीमा मुग्लान पस्दै युवा जमात, उनीहरू भन्छन्– भोटभन्दा भोक ठूलो

चाडपर्व सकिएसँगै कामको खोजीमा मुग्लान पस्दै युवा जमात, उनीहरू भन्छन्– भोटभन्दा भोक ठूलो

नागरिकका घरदैलोमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेताहरू विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाले भने भारतमा मजदुरी गर्न बाटो तताउन थालेका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

कैलाली– दसैं र तिहारजस्ता महत्त्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेला सुदूरपश्चिमका युवाहरू भने कामको खोजीमा भारत पस्न थालेका छन्। 

National life

४ मंसिरको निर्वाचन आउन दुई साता रहँदा र नेताहरू मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरू भने गाउँ छाडेर रोजगारीका लागि मुग्लान पस्न थालेका हुन्। चाडबाड बनाउन दसैंअघि गाउँ आएका युवाहरूले तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन्।

सुदूरपश्चिमेली युवाका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो। हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ ४ सय बढी युवा कामको खोजीमा छिमेकी भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ। 

लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए। ‘नेपालमा काम पाउन गाह्रो छ। काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ’, उनले भने। 

भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगर–२ का सन्तोष आउजीले काम गर्न  भारत जानुको विकल्प नभएको बताए। नागरिकका घरदैलोमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेताहरू विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाले भने भारतमा मजदुरी गर्न बाटो तताउन थालेका छन्। 

दसैं र तिहार मनाउन घर फर्किएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन्। ‘यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन। घर खर्चका लागि भारत जानुको विकल्प छैन’, उनले भने।

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरू जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागढ, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोरलगायतका सहरमा जाने गरेका छन्।–रासस

प्रकाशित: Nov 04, 2022| 15:32 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।