काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुगेकी छन्।
शुक्रबार बिहान मुक्तिनाथ पुगेकी राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा भगवान् विष्णुको मूर्ति शिलान्यास गरेकी छन्।
मुक्तिनाथमा विशेष पूजाआजा गर्दै भण्डारीले मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमा गरेकी छन्। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सोही क्रममा राष्ट्रपति भण्डारीले मन्दिर परिसरमै निर्मित भगवान् गौतमबुद्धको मूर्तिको समेत अनावरण गरेको बताए।
राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ।