आइतबार, असार ७, २०८३

सप्तरी २ : सीके राउत, उपेन्द्र यादव र जेपी ठाकुरमध्ये कसले मार्ला बाजी?

प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

राजविराज- अँगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्।

National life

यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ। डा राउतले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन्। जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिएका थिए।

वाम–लोकतान्त्रिक गठन्धनबाट लोसपाका उम्मेदवार ठाकुर छन् भने विपक्षी गठबन्धन एमाले–जसपाबाट जसपाका अध्यक्ष यादव उम्मेदवार रहेका छन्। जनमत पार्टीका अध्यक्ष डा राउत एक्लै चुनावी मैदानमा छन्। तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

यादव यसै क्षेत्रका निर्वतमान प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनले २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेससमेतको सर्मथनमा उम्मेदवार दिएका थिए। उनी २१ हजार छ सय २० मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेश यादवले ११ हजार पाँच सय ८० मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले नौ हजार चार सय ५९ मत प्राप्त गरेका थिए।

यसपटक परिस्थिति र गठबन्धन फेरिएको छ। विसं २०७४ को निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव अहिले फरक सत्ता गठबन्धनबाट क्षेत्र नं २ (ख) मा उम्मेदवार रहेका छन्। अर्का पुराना प्रतिस्पर्धी जयप्रकाश ठाकुर वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादवसँग प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित भएका ठाकुरले लोसपा प्रवेश गरेपछि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन्।

Shivam cement

जसपाले यसअघि कट्टरविरोधी मान्दै आएको एमालेसँग गठबन्धन गरेको छ। लोसपा सत्ता गठबन्धनसँग छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले आफू झन् बलियो भएको ठाकुरको भनाइ छ। राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जित हात पारेको थियो।

राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको थियो। गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार तीन सय ७५ र एमालेले तीन हजार छ सय ९३ मत प्राप्त गरेको थियो। यस्तै कांग्रेसले १३ हजार तीन सय १५, लोसपाले १३ हजार पाँच सय ४८, माओवादी केन्द्रले सात हजार सात सय ७६ र एकीकृत समाजावादीले तीन हजार दुई सय ७१ मत ल्याएको थियो।

हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ। यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ।

जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ। बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यसपटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ। उनले भने, ‘नेताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु।’

जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि निस्वार्थ भई धेरै काम गरेकाले जनताले यसपटक पनि विजयी गर्ने विश्वास व्यक्त गरे। कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा  पाँच वर्षका लागि मौका दिने उनको भनाइ छ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ। सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ। सप्तरी निर्वाचन क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला तथा अन्य दुई मतदाता छन्।   

-रासस

प्रकाशित: Nov 04, 2022| 10:27 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...