काठमाडौं- परराष्ट्र मन्त्रालयमा कार्यरत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट बिहीबार ज्यान गएको छ।
सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो। कार्यालय समय सकेर घर फर्कंदै गर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको थियो।
सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन्। उनी अनामनगर बस्दै आएको प्रहरीले जनाएको छ। उनका पति र नाबालक छोरा छन्।