सोमबार, वैशाख २८, २०८३

सन्दीप प्रकरण : आज जवाफी बहस गर्दै सरकारी वकिल

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत आज जवाफी बहस हुने भएको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत आज जवाफी बहस हुने भएको छ। 

National life

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको बलात्कार मुद्दामा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस भइरहेको छ। 

बिहीबार लामिछानेका तर्फबाट बहस सकिएको र आजका लागि हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी पक्षलाई प्रतिवाद गर्ने समय दिइएको छ। 

त्यसपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने भन्ने विषयमा आदेश दिनेछ। सरकारी वकिलले जवाफी बहस सकेमा आजै आदेश आउने सम्भावना रहेको बताइएको छ। 

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको हो। 

प्रकाशित: Nov 04, 2022| 09:43 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।