बुधबार, भदौ २४, २०८३

मिसेस् नेपाल युनिभर्सको आवेदन खुला

‘मिसेस् नेपाल युनिभर्स–२०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- ‘मिसेस् नेपाल युनिभर्स–२०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो।

आयोजक जिभा इन्कोरपरेटेडले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ। समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगिता आयोजना थालिएको आयोजकले जनाएको छ।

युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगिलाई अन्तर्राष्ट्रिय मञ्ंचसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ।

प्रतियोगितामा सहभागिताका लागि आवेदन दिन  नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते अडिसन प्रक्रिया संचालन गरिनेछ। प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन्। प्रतियोगिताका उपविजेताहरुले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Nov 04, 2022| 09:00 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।